Headline

मुम्बईसँग हार्दा चेन्नाईको प्लेअफ पुग्ने गणितीय सम्भावना पनि सकियो  

Published

on

चेन्नाई सुपर किंग्स माथि पाँच विकेटको जित निकाल्दा मुम्बई इन्डियन्सले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो तेश्रो जित दर्ता गराएको छ ।

यस अघि नै प्लेअफको दौडबाट बाहिरी सकेको मुम्बईसँग हार बेहोर्दा चेन्नाई पनि प्लेअफको सम्भावनाबाट बाहिरी सकेको छ । आजको खेलमा जित निकाल्न सकेको भए चेन्नाईको गणितीय सम्भावना जीवितै हुन्थ्यो । समान १२ खेल खेल्दा चेन्नाई आठ अंकका साथ अंक तालिकाको नवौँ स्थानमा रहेको छ भने ६ अंकका साथ मुम्बई पुछारमा रहेको छ ।

ड्यानियल साम्सले घातक बलिङ गर्दा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले चेन्नाईलाई १६ ओभरमा ९७ रनको स्कोरमा नै रोक्न सफल भयो भने ३१ बल अगाडि पाँच विकेट गुमाएर लक्ष्य पार गर्यो ।

चेन्नाईलाई दुई अंकको योगफलमा रोक्ने क्रममा खेलको प्लेयर अफ म्याच घोषित साम्सले चार ओभरमा १६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । साम्स बाहेक रायली मेरेडिथ र कुमार कार्तिकेयले समान २-२ विकेट हात पारे भने जस्प्रित बुम्राले तीन ओभरमा १२ रन दिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

मुम्बईको जितमा अविजित रहेका तिलक वर्माले चौथो नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए भने कप्तान रोहित शर्मा र ऋतिक शौकिनले समान १८-१८ रन तथा टिम डेविडले अविजित १६ रनको योगदान दिए ।

मुकेश चौधरीले तीन तथा मोईन अली र सिमरजित सिंहले समान १-१ विकेट हात पार्दा ९८ रनको सानो लक्ष्य लियेरा ब्याटिङमा आएको मुम्बईले सहज जित भने निकाल्न सकेन ।

यस अघि सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको चेन्नाईको तर्फबाट कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६, ड्वेन ब्राभोले १२ तथा शिवम दुबेअम्बाती रायुडूले समान १०-१० रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

चेन्नाईका ओपनर डेवन कन्वे गोल्डेन डक आउट भए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मोईन अली दुई बल खेल्दै डक आउट हुन पुगे । उसका अर्का ओपनर रूतुराज गायकवाडले सात रन जोड्दा रोबिन उथप्पाले पनि एक रन भन्दा निकाल्न सकेनन् ।  

Click to comment

Trending