Headline

मार्शको अलराउण्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना जीवितै  

Published

on

ओपनर डेविड वार्नरले अविजित अर्धशतक तथा मिचेल मार्शले अलराउण्ड प्रदर्शन गर्दा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्स माथि आठ विकेटको शानदार जित निकालेको छ ।

जितसँगै दिल्लीले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने आशा जीवितै राख्न सफल भएको छ । १२ खेलमा समान ६-६ जित र हार दर्ता गराएको दिल्ली १२ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । १२ खेल नै खेलेको राजस्थान भने १४ अंकका साथ तेश्रो स्थानमा यथावत रहेको छ ।    

मिचेल मार्श र डेविड वार्नरले अर्धशतकीय पारी खेल्दा राजस्थानले दिएको १६१ रनको मध्यम लक्ष्य दिल्लीले १८ दशमलब एक ओभर खेल्दै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।

श्रीकर भरत शून्य रनमा आउट भए पनि वार्नरमार्शले दोश्रो विकेटका लागि १४४ रनको साझेदारी गर्दै दिल्लीको जितको आधार बनाए । बलिङमा दुई महत्वपूर्ण विकेट हात पारेका मार्शले सर्वाधिक ८९ रनको पारी खेले । खेलको प्लेयर अफ द म्याच घोषित उनले ६२ बलमा पाँच चौका र सात छक्का प्रहार गरे । अविजित रहेका वार्नरले ४१ बलमा ५२ रनको पारी खेले भने कप्तान ऋषभ पन्तले पनि अविजित रहँदै १३ रनको योगदान दिए ।

राजस्थानका ट्रेन्ट बोल्ट र युजवेन्द्र चाहलले समान १-१ विकेट हात पारे ।         

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।

ओपनरद्वय जस बटलर र यशस्वी जैसवाल क्रमश सात र १९ रनमा आउट हुँदा खराब सुरुवात गरेको राजस्थानको लागि रविचन्द्रन अश्विन र देवदत्त पडिक्कलले पारी सम्हाले । ३८ बलमा सर्वाधिक ५० रन जोडेका अश्विन र ३० बलमा  योगदान दिएका पडिक्कलले तेश्रो विकेटका लागि ६ ओभरमा ५३ रनको साझेदारी गरे । 

त्यस पछि आएका कप्तान सन्जु सामसन ६, रियान पराग नौ रनमा पेभेलियन फर्किए भने अविजित रहेका रस्सी भान डर डुस्सेनट्रेन्ट बोल्टले क्रमश १२ र तीन रन मात्र जोड्न सके ।

दिल्लीका चेतन सकारिया, मिचेल मार्शएनरिच नोर्किएले समान २-२ विकेट हात पारे । 


 

Click to comment

Trending