Headline

 ऐतिहासिक ट्वान्टी ट्वान्टी शृंखला खेल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली 

Published

on

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक आफ्नै मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ऐतिहासिक शृंखलाको आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले युगान्डा महिला टोलीसँग पाँच खेलको शृंखला खेल्न लागेको हो ।

यस अघि नेपालले गत नोभेम्बरमा कतार भ्रमण गर्दै पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । घरेलु टोली विरुद्धको तीन खेलको शृंखलामा नेपालले क्लिन स्विप गरेको थियो ।

नेपालले आफ्नै घरेलु मैदानमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल पछिल्लो पटक सन् २०१९ को अन्त्यमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साग अन्तर्गत क्रिकेटमा खेलेको थियो ।

नेपाल र युगान्डा बीचको पाँच खेलको शृंखला अन्तर्गतको पहिलो खेल मे १६, जेठ २ गते आयोजना हुनेछ भने त्यसको भोलिपल्ट जेठ ३ मा दोश्रो खेल आयोजना हुनेछ । एक दिनको विश्राम पछि लगातार तीन खेल आयोजना हुने तालिका रहेको छ ।  

Click to comment

Trending