Headline

पाँच पटकको च्याम्पियन मुम्बई फेरी पनि हार्यो  

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँच पटकको विजेता मुम्बई इन्डियन्स जारी सिजन निकै खराब फर्मबाट गुज्रिरहेको छ । यस सिजन दुई जित मात्र हात पार्न सफल भएको मुम्बईले आजको खेलमा कोलकाता नाइट राइडर्ससँग ५२ रनको लज्जास्पद हारको सामना गर्न बाध्य भयो ।

जारी सिजन ११ खेल खेल्दा दुई खेलमा जित तथा नौ खेलमा पराजित मुम्बई चार अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । आजको खेलमा जित निकाल्दा १२ खेलमा पाँचौँ जित दर्ता गराएको कोलकाता १० अंकका साथ सातौँ स्थानमा उक्लिएको छ । 

१३ रनको अन्तरालमा पछिल्लो ६ विकेट गुमाउँदा १६६ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले १७ दशमलब तीन ओभरमा अलआउट हुँदा ११३ रन मात्र जोड्न सक्यो ।

मुम्बईलाई रोक्ने क्रममा प्याट कमिन्सले  विकेट लिए भने आन्द्रे रसेलले दुई तथा टिम साउथी र वरुण चक्रवर्तीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

विकेट किपर तथा ओपनर इशान किशनले ४३ बलमा सर्वाधिक ५१, कायरन पोलार्डले १५, टिम डेविडले १३ तथा रमनदिप सिंहले १२ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

मुम्बईका कप्तान तथा ओपनर रोहित शर्मा दुई, तिलक वर्मा तीन, ड्यानियल साम्स एक, कुमार कार्तिकेय तीन रनमा आउट भए भने एम अश्विन, जस्प्रित बुम्रारायली मेरेडिथले रनको खाता खोल्न भ्याएनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले राम्रो सुरुवात गरे पनि जस्प्रित बुम्राले घातक बलिङ गर्दै पाँच विकेट हात पारे पछि २० ओभर खेल्दै नौ विकेट गुमाएर १६५ रन मात्र जोड्न सक्यो ।

कोलकाताको तर्फबाट ओपनर वेंकटेश ऐयर र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका नितिश राणाले क्रमश २४ र २६ बलमा समान ४३-४३ रनको पारी खेले भने अर्का ओपनर अजिंक्य रहानेले २५ तथा रिंकु सिंहले अविजित २३ रनको योगदान दिए भने त्यस पछिका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यस्तै उसका चार जनाले त रनको खाता सम्म पनि खोल्न सकेनन् ।

खेलको प्लेयर अफ द म्याच घोषित मुम्बईका बुम्राले चार ओभर बलिङ गर्दै एक मेडन सहित सर्वाधिक पाँच विकेट लिए भने कुमार कार्तिकेयले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।   

 

Click to comment

Trending