Headline

जिम्बाब्वे माथि नेपालको सहज जित 

Published

on

घरेलु टोली नेपालले जिम्बाब्वे ए माथि नौ विकेटको सहज जित पारेको छ । जितसँगै नेपालले तीन खेलको शृंखलामा १-१ को बराबरी गर्न सफल भएको छ । 

जिम्बाब्वेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११ दशमलब दुई ओभर खेल्दै एक विकेट गुमाएर जित हात पार्यो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले ३८ बल खेल्दै सर्वाधिक ३८ रन बनाए भने अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ३४ रन बनाए । आसिफ र धमला ६-६ चौका प्रहार गरे भने अविजित रहेका बिनोद भण्डारीले पनि अविजित चार रनको योगदान दिए ।      

नेपाली बलरहरु अघि जिम्बाब्वेका ब्याटरहरुले घुँडा टेक्दा नेपालले ८८ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३१ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

जिम्बाब्वेलाई सानो योगफलमा रोक्ने क्रममा तीब्र गतिका बलरहरु करण केसी र सोमपाल कामीले समान ३-३ विकेट लिए । सात ओभर बलिङ गरेका करणले तीन मेडन सहित १६ रन खर्चिए भने सात ओभर नै बलिङ गरेका सोमपालले पनि १६ रन दिए ।     

त्यस्तै सन्दिप लामिछानेले आठ दशमलब पाँच ओभर बलिङ गर्दै २६ रन दिएर दुई तथा सागर ढकालले एक विकेट आफ्नो नाममा लेखाए । 

जिम्बाब्वेका जोनाथन क्याम्पबेलले ४२ बल खेल्दै २७, ब्राड इभान्सले अविजित २० तथा ओपनर सेफास झुवाओले १० रन जोड्दा अन्य अन्य ब्याटरले दोहोरो अंकमा रन सकेनन् ।    

Click to comment

Trending