Headline

नेपाली बलर अघि घुँडा टेक्यो जिम्बाब्वेले

Published

on

नेपाली बलरहरु अघि जिम्बाब्वेका ब्याटरहरुले घुँडा टेक्दा नेपालले ८८ रनको सामान्य लक्ष्य पाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३१ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

जिम्बाब्वेलाई सानो योगफलमा रोक्ने क्रममा तीब्र गतिका बलरहरु करण केसी र सोमपाल कामीले समान ३-३ विकेट लिए । सात ओभर बलिङ गरेका करणले तीन मेडन सहित १६ रन खर्चिए भने सात ओभर नै बलिङ गरेका सोमपालले पनि १६ रन दिए ।     

त्यस्तै सन्दिप लामिछानेले आठ दशमलब पाँच ओभर बलिङ गर्दै २६ रन दिएर दुई तथा सागर ढकालले एक विकेट आफ्नो नाममा लेखाए । 

जिम्बाब्वेका जोनाथन क्याम्पबेलले ४२ बल खेल्दै २७, ब्राड इभान्सले अविजित २० तथा ओपनर सेफास झुवाओले १० रन जोड्दा अन्य अन्य ब्याटरले दोहोरो अंकमा रन सकेनन् ।    

Click to comment

Trending