Headline

साम्सले अन्तिम ओभरमा नौ रन रोक्दा मुम्बईको सनसनीपूर्ण जित 

Published

on

गुजरात टाइटान्सलाई अन्तिम ओभरमा जितका लागि नौ रन चाहिएको अवस्थामा ड्यानियल साम्सले मात्र तीन रन दिए पछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रन विकेटको सनसनीपूर्ण जित दर्ता गराएको छ ।

जारी सिजन अंक तालिकाको पुछारमा रहेको पाँच पटकको च्याम्पियन मुम्बईको १० औँ खेलमा यो दोश्रो जित हो भने अंक तालिकाको शिर्ष स्थानमा रहेको गुजरातको यो लगातार दोश्रो हार हो । 

मुम्बईले दिएको १७८ रनको लक्ष्य पक्ष्याएको गुजरातले पुरै २० ओभर खेले पनि पाँच विकेट गुमाएर १७२ रन भन्दा जोड्न सकेन ।  

ओपनरहरुले राम्रो सुरुवात दिए पनि मध्यक्रमको ब्याटरहरु चल्न नसक्दा गुजरातले हारको सामना गर्न बाध्य भयो । ओपनरद्वय रिद्दिमान साह र शुबमन गिलले अर्धशतक प्रहार गर्दै गुजरातलाई राम्रो सुरुवात दिएका थिए । ४० बलमा ५५ रन जोडेका साह र ३६ बलमा ५२ रनको पारी खेलेका गिलले पहिलो विकेटका लागि १२ दशमलब एक ओभरमा १०६ रनको साझेदारी गरेका हुन् ।

त्यस पछि आएका कप्तान हार्दिक पान्ड्या २४, साई सुदर्शन १४ तथा राहुल टेवाटिया तीन रनमा आउट भए भने डेविड मिलरले अविजित १९ रन जोडे ।

अन्तिम ओभरमा गुजरातलाई जितका लागि नौ रन मात्र चाहिएको अवस्था भए पनि जित भने निकाल्न सकेन । साम्सको पहिलो बलमा नै मिलरले एक रन निकाले भने दोश्रो बलमा टेवाटियाले रन जोड्न सकेनन् । तेश्रो बलमा दोश्रो बलमा रन लिने प्रयासमा टेवाटिया रन आउट हुन पुगे । चौथो बलमा क्रिजमा आएका रशिद खानले एक रन लिए पनि बाँकी दुई बलमा लगातार डट बल गर्दै साम्सले मुम्बईलाई दोश्रो जित दिलाए ।      

मुम्बईका मुरुगन अश्विनले सर्वाधिक दुई विकेट हात पार्दा कायरन पोलार्डले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।  

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७७ रन जोड्यो । 

ओपनिङमा आएका कप्तान रोहित शर्मा र विकेट किपर इशान किशनले पहिलो विकेटका लागि सात दशमलब तीन ओभरमा ७४ रन मुम्बईलाई राम्रो सुरुवात दिए । २८ बलमा ४३ रन जोडेका रोहितको विकेटको पतन पछि किशन पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी पनि २९ बलमा ४५ रन जोड्दै पेभेलियन फर्किए ।

त्यस पछि ब्याटिङमा आएका सुर्यकुमार यादव १३, तिलक वर्मा २१, कायरन पोलार्ड चार तथा ड्यानियल साम्स डकआउट भए पनि टिम डेविडले २१ बल खेल्दै दुई चौका र चार छक्काको मद्दतमा अविजित ४४ रन जोड्दै मुम्बईलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए । 

गुजरातका रशिद खानले चार ओभरमा २४ रन दिएर सर्वाधिक दुई विकेट लिए भने अल्जारी जोसेफ, लोकी फर्गुसन र प्रदिप सांगवानले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

   

Click to comment

Trending