Headline

जिम्बाब्वे ए विरुद्ध नेपालको खराब ब्याटिङ, ३२ ओभर पनि टिकेन  

Published

on

जिम्बाब्वे ए विरुद्धको तीन खेलको एकदिवसीय शृंखला अन्तर्गत पहिलो एकदिवसीय खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल १३६ रनमा अलआउट भएको छ ।   

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाउँदा ३१ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर १३६ रन भन्दा जोड्न सकेन ।  

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको नेपालको तर्फबाट सोमपाल कामीले छैटौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

सोमपाल बाहेक नेपालको तर्फबाट करण केसीले ३६ बलमा २५, ओपनर कुशल भुर्तेलले १० बलमा १९, दिपेन्द्र सिंह ऐरीले १८ रनको पारी खेले भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका ओपनर तथा विकेट किपर आसिफ शेख र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख समान ५-५, कप्तान सन्दिप लामिछाने चार, रोहित कुमार पौडेल तीन, आदिल अन्सारी दुई तथा सुशन भारीले रनको खाता खोल्न भ्याएनन् भने सागर ढकाल एक रनमा अविजित रहे । 

नेपाललाई सानो योगफलमा रोक्ने क्रममा ब्राड इभान्सले आठ दशमलब तीन ओभर बलिङ गर्दै सर्वाधिक चार विकेट लिए भने भिक्टर न्यौची, ब्रान्डन मवुतासेफस झुवाओले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । महँगो साबित भएका न्यौचीले ६ ओभरमा ४७ रन दिए भने मवुताले सात ओभरमा २४ तथा झुवाओले दुई ओभरमा नौ रन मात्र खर्चिए ।   

Click to comment

Trending