Headline

वार्नरले पूर्व टोली विरुद्ध आक्रामक ब्याटिङ गर्दा दिल्लीको फराकिलो जित 

Published

on

ओपनर डेविड वार्नरले आफ्नो पूर्व टोली सनराइजर्स हैदराबाद विरुद्ध आक्रामक पारी खेल्दा दिल्ली क्यापिटल्सले २१ रनको फराकिलो जित निकालेको छ ।

जितसँगै दिल्ली इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजन अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने हैदराबाद छैटौँ स्थानमा खुम्चिएको मात्र नभएर तेश्रो स्थानमा उक्लने अवसर पनि गुमायो । समान १०-१० खेल खेलेका दिल्ली र हैदराबादको समान १०-१० अंक रहे पनि नेट रन रेटका आधारमा दिल्ली माथि रहेको हो ।  

दिल्लीको जितमा खेलको प्लेयर अफ द म्याच घोषित वार्नरले ५८ बल खेल्दै १२ चौका र तीन छक्काको मद्दतमा अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । वार्नर बाहेक पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका रोवमन पावेलले  ३५ बल खेल्दै तीन चौका र ६ छक्का सहित अविजित ६७ रनको जोड्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै तीन विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो ।

वार्नर र पावेलले चौथो विकेटका लागि ६६ बलमा अविजित १२२ रन जोड्दा दिल्लीले विशाल योगफल बनाउन सफल भएको हो । उनीहरु बाहेक दिल्लीको तर्फबाट ओपनर मन्दिप सिंह पाँच बल खेल्दै डक आउट भए भने मिचेल मार्शले १० तथा कप्तान ऋषभ पन्तले २६ रन भन्दा जोड्न सकेनन् ।     

विकेट किपर निकोलस पुरनले ३४ बल खेल्दै दुई चौका र ६ छक्का सहित सर्वाधिक ६२ तथा ऐडेन मार्क्रमले २५ बलमा चार चौका र तीन छक्का सहित ४२ रनको आक्रामक पारी खेले पनि हैदराबादले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १८६ रन भन्दा जोड्न सकेन ।

ओपनर तथा कप्तान केन विलियमसन चार, अर्का ओपनर अभिषेक शर्मा सात, राहुल त्रिपाठी २२, शशांक सिंह १०, सिन एबट सात रनमा आउट हुँदा हैदराबादले अंक तालिकाको तेश्रो स्थानमा उक्लने अवसर गुमायो ।

हैदराबादलाई रोक्ने क्रममा खलिल अहमदले सर्वाधिक तीन विकेट लिए भने शार्दुल ठाकुरले दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending