Headline

चेन्नाई माथि बेंगलोरको शानदार जित 

Published

on

रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिगमा साबिक विजेता चेन्नाई सुपर किंग्स माथि १३ रनको शानदार जित दर्ता गराएको छ ।    

जितसँगै बेंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने नवौँ स्थानमा रहेको चेन्नाईले हार पछि सातौँ स्थानमा पुग्ने अवसर गुमायो । ११ खेल खेलेको बेंगलोरको यो छैटौँ जित हो भने १० खेल खेलेको चेन्नाईको यो सातौँ हार हो ।

ओपनर डेवन कन्वेले अर्धशतकीय पारी खेले पनि १७४ रनको चुनौतिपूर्ण लक्ष्य सहित ब्याटिङमा आएको चेन्नाईले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १६० रन भन्दा जोड्न सकेन ।

चेन्नाईको लागि कन्वेले ३७ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५६ रन जोडे भने मोईन अलीले ३४ तथा अर्का ओपनर रुतुराज गायकवाडले २८ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

गायकवाडकन्वेले पहिलो विकेटका लागि ५४ रन जोड्दै चेन्नाईलाई राम्रो सुरुवात दिए । तर गायकवाडको विकेटको पतन पछि क्रिजमा आएका रोबिन उथप्पा एक तथा अम्बाती रायुडू १० रन जोड्दै पेभेलियन फर्किए । अर्धशतक प्रहार गरे लगत्तै कन्वे आउट भए भने रविन्द्र जडेजा तीन तथा कप्तान महेन्द्र सिंह धोनीको विकेटको पतन पछि चेन्नाई खेलमा फर्कन सकेन ।     

चेन्नाईलाई रोक्ने क्रममा खेलको प्लेयर अफ द म्याच घोषित हर्षल पटेलले सर्वाधिक तीन विकेट लिए भने ग्लेन म्याक्सवेलले दुई तथा शहबाज अहमद, जश हेजलउडवानिन्दु हसरंगाले समान १-१ विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १७३ रनको चुनौतिपूर्ण योगफल बनायो ।

बेंगलोरको तर्फबाट महिपाल लोमरोरले २७ बल खेल्दै सर्वाधिक ४२ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३८, पुर्व कप्तान विराट कोहलीले ३०, विकेट किपर दिनेश कार्तिकले अविजित २६ तथा रजत पाटिदारले २१ रनको योगदान दिए ।

चेन्नाईका महिश थिक्षनाले तीन विकेट लिँदा मोईन अलीले पनि दुई विकेट हात पारे ।      

 

Click to comment

Trending