Headline

शीर्ष स्थानको गुजरात माथि पन्जाब शानदार जित 

Published

on

तीब्र गतिका बलर कागिसो रबाडाको घातक बलिङ तथा ओपनर शिखर धवनको उत्कृष्ट अर्धशतकमा  पन्जाब किंग्सले शीर्ष स्थानको गुजरात टाइटान्स माथि आठ विकेटको सहज जित हात पारेको छ ।

इन्डियन प्रिमियर लिगको जारी सिजनमा दोश्रो हारको सामना गरेको गुजरातले लगातार पाँच खेलमा जित निकाले पछि पहिलो हार बेहोर्यो । १० खेल खेलेको गुजरात आठ जित सहित १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने  १० खेलमा सात जित निकाल्दै १४ अंक बटुलेको लखनउ दोश्रो स्थानमा रहेको छ । 

आजको जित पछि पन्जाब अंक तालिकाको पाँचौँ स्थानमा उक्लन सफल भएको छ । एक खेल कम खेलेकोको हैदराबाद र १० खेल खेलेको बेंगलोरको पनि समान १०-१० अंक रहे पनि नेट रन रेटका आधारमा हैदरबाद चौथो र बेंगलोर छैटौँ स्थानमा छन् ।

रबाडाको उत्कृष्ट बलिङ गर्दा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो भने जबाफी ब्याटिङ गरेको पन्जाबका ओपनर शिखर धवनले अर्धशतकीय पारी खेल्दा दुई विकेट गुमाएर २४ बल अगावै लक्ष्य पार गर्यो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका साई सुदर्शनले ५० बल खेल्दै गुजरातको तर्फबाट सर्वाधिक ६५ रन बनाए भने ओपनर रिद्धमन शाहले २१ तथा डेविड मिलर र राहुल टेवाटियाले समान ११-११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

गुजरातलाई मध्यम योगफलमा रोक्ने क्रममा रबाडाले चार ओभरमा ३३ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने अर्शदिप सिंह, लियाम लिविङ्गस्टोनऋषी धवनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

जोनी बेयरस्टो मात्र एक रन जोड्दै आउट हुँदा खराब सुरुवात गरेको पन्जाबको जितमा अविजित रहेका ओपनर धवनले ५३ बलमा सर्वाधिक ६२ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भानुका राजापाक्षाले पनि २८ बलमा ४० रनको योगदान दिए । त्यस बाहेक लियाम लिविङ्गस्टोनले आक्रामक पारी खेल्दै १० बलमा अविजित ३० रन बनाउँदै पन्जाबलाई सहज जित दिलाए ।    

Click to comment

Trending