Headline

कोलकाताले चौथो जित हात पार्दा राजस्थानको चौथो हार 

Published

on

मध्यक्रमका ब्याटरहरु नितिश राणा र रिंकु सिंहले ३८ बलमा ६६ रनको साझेदारी गर्दा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्स माथि सात विकेटको जित दर्ता गराएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) को जारी सिजनमा कोलकाताको यो चौथो जित हो भने राजस्थानको चौथो हार हो ।

१० खेल खेल्दै चार जित हात पारेको कोलकाता अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ भने १० खेलमा नै १२ अंक बटुलेको राजस्थान तेश्रो स्थानमा रहेको छ ।

 खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान सन्जु सामसनको अर्धशतकमा २० ओभर खेल्दै पाँच विकेट गुमाएर १५२ रनको सामान्य योगफल मात्र तयार पार्न सक्यो भने कोलकाताले १९ दशमलब एक ओभर खेल्दै तीन विकेट गुमाएर लक्ष्य पार गर्यो ।

कोलकाताको जितमा नितिश राणाले २७ बल खेल्दै तीन चौका र दुई छक्का सहित सर्वाधिक ४८ रन बनाए भने खेलको प्लेयर अफ द म्याच घोषित रिंकु सिंहले आक्रामक पारी खेल्दै २३ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४२ रनको पारी खेले । अविजित रहेका उनीहरुले चौथो विकेटका लागि ३८ बलमा ६६ रनको आक्रामक साझेदारी गर्दै कोलकातालाई रोमान्चक जित दिलाए ।

राणा र सिंह बाहेक कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले ३४, विकेट किपर तथा ओपनर बाबा इन्द्रजितले १५ रनको योगदान दिए भने अर्का ओपनर आरोन फ़िञ्चले चार रन भन्दा जोड्न सकेनन् ।

राजस्थानका ट्रेन्ट बोल्ट, कुलदिप सेन र प्रसिद्ध कृष्णाले समान १-१ विकेट हात पार्न सफल भए ।

यस अघि राजस्थानको लागि कप्तान सन्जु सामसनले ४९ बलमा सर्वाधिक ५४ रन बनाए भने शिम्रोन हेटमायरले २७, ओपनर जश बटलरले २२, रियान परागले १९ तथा करुण नायरले १३ रनको योदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका टिम साउथीले दुई विकेट निकाल्दा उमेश यादव, अनुकुल रोय र शिवम मावीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।      

 

Click to comment

Trending