Headline

वर्षाका कारण दोश्रो खेल रद्द 

Published

on

लगातारका वर्षाका कारण नेपाल र जिम्बाब्वे ए बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल रद्द भएको छ । आजको खेल रद्द हुँदा जिम्बाब्वेले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले चार दशमलब तीन ओभरमा दुई विकेटको नोक्सानीमा ४८ रन जोडेको अवस्थामा वर्षा सुरु भए पछि खेल सम्भव हुन सकेन र कल अफ भयो ।

नेपाल र जिम्बाब्वे बीचको तेश्रो खेल अब मंगलबार हुनेछ । 

हिजो सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनायो भने जिम्बाब्वेले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य पार गर्यो । 

जिम्बाब्वेको जितमा ओपनर तडीवान्शे मरुवानीले सर्वाधिक ५६ रन बनाए भने कप्तान टोनी मुन्योङ्गाले २३ बलमा आक्रामक ५० रनको पारी खेले । 

नेपालको लागि आक्रामक पारी खेल्दै आदिल अन्सारीले अविजित ४७ रन जोडे भने कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६ तथा दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रनको योगदान दिए ।

आगामी जुनमा अमेरिका तथा जुलाईमा स्कटल्याण्डमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीले अभ्यास स्वरूप जिम्बाब्वे ए सँग अभ्यास खेल खेल्न लागेको हो ।नेपाल क्रिकेट संघले यस शृंखलाका आधिकारिक लिस्ट ए र ट्वान्टी ट्वान्टी गराउन पहल गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसको मान्यता नदिँदा यो सामान्य अभ्यास खेल मात्र रहने छ । 

  

 

Click to comment

Trending