Headline

आदिलको आक्रामक पारीमा नेपालले जिम्बाब्वेलाई दियो विशाल लक्ष्य 

Published

on

मध्यक्रमका ब्याटर आदिल अन्सारीले आक्रामक पारी खेल्दा घरेलु टोली नेपालले पहिलो ट्वान्टी ट्वान्टी खेलमा जिम्बाब्वे ए लाई १८२ रनको विशाल लक्ष्य दिएको छ ।  

टीयू क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १८१ रनको विशाल योगफल बनाउन सक्यो ।

ओपनर तथा विकेट किपर आसिफ शेख १६ बल खेल्दै मात्र नौ रन बनाएर आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी तथा आदिलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई ठुलो योगफल सम्म डोर्याए । कुशलले ३१ बलमा ४६, रोहितले २६ बलमा ३६ तथा दुर्भाग्यपूर्ण रन आउट भएका दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रनको योगदान दिए । नेपालको तर्फबाट सर्वाधिक रन जोडेका आदिलले २७ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ४७ रनको पारी खेले ।

त्यस बाहेक आरिफ शेखले दुई रन मात्र जोड्न सके भने अविजित रहेका करण केसीले पनि चार रनको पारी खेले ।  

जिम्बाब्वेका ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डन मवुता र जोन मसाराले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

 

Click to comment

Trending