Headline

कोहलीले पहिलो अर्धशतक प्रहार गरे पनि जित्न सकेन बेंगलोरले 

Published

on

खराब फर्मबाट गुज्रिरहेका पूर्व कप्तान विराट कोहलीले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो पहिलो अर्धशतक बनाए भने रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटान्ससँगको खेलमा ६ विकेटको हारको सामना गरेको छ ।

आजको खेलमा जित निकाल्दा पहिलो स्थानको गुजरातले राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्ससँग दुई अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ । त्यस्तै आजको खेलमा हारको सामना गर्दा १० खेलमा पाँचौँ हार व्यहोरेको बेंगलोरले शीर्ष चार भित्र पुग्ने अवसर गुमायो । नौ खेलमा गुजरातको १६ अंक रहेको छ भने एक खेल कम खेलेको राजस्थान र नौ खेल नै खेलेको लखनउको समान १२-१२ अंक रहेको छ भने चौथो स्थानको गुजरात र पाँचौँ स्थानको बेंगलोरको समान १०-१० अंक छ ।

कोहली र रजत पाटिदरले अर्धशतकीय पारी खेल्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७० रन बनायो भने गुजरातले तीन बल बाँकी रहँदा चार विकेटको नोक्सानीमा जित हात पार्यो ।

राम्रो सुरुवात गर्न सके पनि बीचमा केही धर्मराएको गुजरातको पारी सम्हाल्ने क्रममा आक्रामक पारी खेलेका डेविड मिलर र राहुल टेवाटियाले ४० बलमा पाँचौँ विकेटका लागि अविजित ७९ रन जोड्दै महत्वपूर्ण दुई अंक दिलाए ।

गुजरातको जितमा खेलको प्लेयर अफ द म्याच घोषित टेवाटियाले २५ बलमा पाँच चौका र दुई छक्का सहित अविजित ४३ तथा मिलरले २४ बलमा अविजित ३९ रनको पारी खेले । त्यस बाहेक ओपनरद्वय शुभमन गिलरिद्धिमन साहाले क्रमश ३१ र २९ तथा साइ सुदर्शनले २० रनको योगदान दिए ।

कप्तान तथा ओपनर चार बलमा शुन्य रनमा आउट भए पनि कोहली र पाटिदरले दोश्रो विकेटका लागि ७४ बलमा ९९ रनको साझेदारी गर्दा बेंगलोरले चुनौतिपूर्ण योगफल सम्म जोड्न सक्यो । कोहलीले ५३ बलमा सर्वाधिक ५८ तथा पाटिदरले ३२ बलमा ५२ रन जोडे भने ग्लेन म्याक्सवेलले ३३ रनको योगदान दिए ।

गुजरातका प्रदिप सांगवानले दुई विकेट हात पार्दा मोहम्मद शामी, अल्जारी जोसेफ, रशिद खान र लोकी फर्गुसनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   


 

Click to comment

Trending