Headline

जिम्बाब्वेसँगको खेल तालिकामा परिवर्तन, एकदिवसीयको सट्टा अब पहिले ट्वान्टी ट्वान्टी हुने 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाब्वे ए सँगको शृंखलामा परिवर्तन गरेको छ । यस अघि सुरुवातमा एकदिवसीय हुने तय भए पनि अहिले यसमा परिवर्तन गर्दै पहिले ट्वान्टी ट्वान्टी खेलाउने भएको छ ।

आजको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो भने केही दिन लगातार वर्षा हुने सम्भावना रहेकाले पनि क्यानले पहिले ट्वान्टी ट्वान्टी गराउन लागेको हो ।

यस अघि शनिबार, सोमबार र बुधबारका लागि तय भएको एकदिवसीयको सट्टामा आइतबार, सोमबार र बुधबार ट्वान्टी ट्वान्टी खेल हुने भएको छ । त्यस्तै एकदिवसीय खेल भने आगामी शुक्रबार, शनिबार र सोमबार खेलाइने छ ।

आगामी जुनमा अमेरिका तथा जुलाईमा स्कटल्याण्डमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीले अभ्यास स्वरूप जिम्बाब्वे ए सँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघले यस शृंखलाका आधिकारिक लिस्ट ए र ट्वान्टी ट्वान्टी गराउन पहल गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसको मान्यता नदिँदा यो सामान्य अभ्यास खेल मात्र रहने छ ।    

Click to comment

Trending