Headline

वर्षाका कारण नेपाल र जिम्बाब्वे बीचको पहिलो खेल स्थगित 

Published

on

लगातारको वर्षा तथा हिलो मैदानका कारण घरेलु टोली नेपाल र जिम्बाब्वे ए बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । बिहान देखि नै लगातार वर्षा हुँदा टस पनि हुन सकेन । 

नेपाल क्रिकेट संघ (क्यान) ले आज स्थगित भएको खेल अर्को दिन गराउने तयारी गरेको छ भने विश्रामका दिन भोलि अथवा मंगलबार गराउने बारेमा भने निर्णय लिइसकेको छैन । 

आगामी जुनमा अमेरिका तथा जुलाईमा स्कटल्याण्डमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीले अभ्यास स्वरूप जिम्बाब्वे ए सँग अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले जिम्बाब्वेसँग समान तीन – तीन एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने छ । नेपाल क्रिकेट संघले यस शृंखलाका आधिकारिक लिस्ट ए र ट्वान्टी ट्वान्टी गराउन पहल गरे पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषदले यसको मान्यता नदिँदा यो सामान्य अभ्यास खेल मात्र रहने छ ।

क्यानले आज स्थगित भएको खेल भोलि सारेको खण्डमा एकदिवसीय खेलहरु आइतबार, सोमबार र बुधबार आयोजना हुनेछ । 

 

Click to comment

Trending