Headline

डिफेन्डिङ च्याम्पियन चेन्नाई फेरी पनि हरुवा टोली

Published

on

डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा फेरी पनि हारको सामना गरेको छ । आठौँ खेलमा छैटौँ हारको व्यहोरेको चेन्नाई पन्जाब किंग्ससँग ११ रनले पराजित भएको हो ।

जारी सिजन आठ खेल खेल्दा दुई खेल मात्र जित्न सफल भएको चेन्नाई चार अंकका साथ अंक तालिकाको नवौँ स्थानमा रहेको छ । आफूले खेलेका आठवटा खेलमा नै पराजित भएको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स अंक तालिकाको पुछारमा रहेको छ ।     

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा चार विकेट गुमाएर १८७ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो भने १८८ रनको लक्ष्य सहित क्रिजमा आएको चेन्नाईले पुरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १७६ रन मात्र जोड्न सक्यो ।

पन्जाबको जितमा ब्याटिङमा ओपनर शिखर धवनले ५९ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा अविजित रहँदै सर्वाधिक ८८ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भानुका राजापक्षाले पनि ३२ बलमा समान २-२ चौका र छक्का सहित ४२ रनको योगदान दिए ।

चेन्नाईको लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका अम्बाती रायुडूले ३९ बलमा सात चौका र ६ छक्का सहित ७८ रनको आक्रामक पारी खेले पनि पन्जाबका कागिसो रबाडा र ऋषि धवनले समान २-२ विकेट निकाल्दै आफ्नो टोलीलाई महत्वपूर्ण दुई अंक दिलाए ।

समान ४-४ ओभर बलिङ गरेका रबाडा र धवनले क्रमश २३ र ३९ रन खर्चिए भने सन्दिप शर्मा र अर्शदिप सिंहले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

रायुडू बाहेक चेन्नाईको पारीमा ओपनर रुतुराज गायकवाडले ३०, कप्तान रविन्द्र जडेजाले अविजित २१ तथा विकेट किपर महेन्द्र सिंह धोनीले १२ रनको पारी खेले भने अर्का ओपनर रबिन उथप्पाले एक, मिचेल स्यान्टनरले नौ, शिवम दुबेले आठ रन भन्दा जोड्न सकेनन् ।

चेन्नाईका ड्वेन ब्राभोले दुई विकेट तथा महिश थिक्षनाले एक विकेट निकाल्दा अन्य बलरले विकेट हात पार्न नसक्दा पन्जाबले ठुलो योगफल तयार पार्न सफल रह्यो । 

 

Click to comment

Trending