Headline

युनाइटेड फेरि हारेपछि आर्सनलको च्याम्पिन्स लिग सम्भावना बलियो

Published

on

म्यानचेस्टर युनाइटेडको पराजयको क्रम नरोकिदा आर्सनलले इंगलिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने आफ्नो सम्भावनालाई अझै मजबुत बनाएको छ ।

शुक्रबार भएको खेलमा म्यानचेस्टर युनाइेटड आर्सनलसँग ३–१ ले पराजित हुन पुग्यो । पछिल्लो खेलमा पनि लिभरपुलसँग ४–० ले पराजित युनाइटेडलाई अब भने च्याम्पियन्स लिगको लागि छनोट हुन निकै गाह्रो हुने देखिएको छ । जम्मा चार खेलमात्रै बाकीँ रहेको अवस्थामा युनाइटेड ५४ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

आर्सनल भने ३३ खेलबाट ६० अंक सहित चौथो स्थानमा छ । एक खेल कम खेलेको टोटेन्ह्याम हट्स्परको ५८ अंक छ भने तेश्रो स्थानमा रहेको चेल्सी दुई खेल कम खेल्दै ६२ अंकमा छ । युनाइटेडको पहुँचबाट लिभरपुल (७६) र म्याचेस्टर सिटी (८०) धेरै अगाडी पुगिसकेका छन् ।

चेल्सीलाई हराउदै तीन हारको श्रृंखलामा पूर्णविराम लगाएको आर्सनलले निकै महत्वपूर्ण जित हात पार्न सफल भएको हो । राफेल भाराने र एलेक्स टेलेसको गलतीको फाइदा उठाउदै नुनो टाभारेसले तेश्रो मिनेटमै आर्सनललाई अग्रता दिलाएका थिए । खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

बकायो साकाले पेनाल्टीमा गोल गरेपछि आर्सनलले ३२ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो । आफ्नो नवजात शिशुको मृत्युपछि टिममा फर्किएका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो दुई मिनेटपछि नै दुरी घटाएका थिए । रोनाल्डोको त्यो एक सयौं प्रिमियर लिग गोल थियो ।

तर ७० औं मिनेटमा ग्रानिट जाकाले २५ यार्डबाट सशक्त प्रहार गर्दै आर्सनलको जितलाई पक्का पारेका थिए

अर्को खेलमा ग्याब्रिएल जिजसले चार गोल गरेपछि सिटी वाटफोर्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै शिर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल रह्यो । बाँकी रहेका पाँच वटै खेल जित्ने हो भने सिटी उपाधि बिजेता बन्नेछ । लिभरपुलले आफ्ना बाँकी खेलहरुमा अंक गुमाउने हो भने पनि सिटीलाई सिजन समाप्ति अघि नै उपाधि जित्न सहयोग पुग्नेछ ।

अंक तालिकाको पुछारमा रहेको नर्विचलाई न्युकासलले ३–० ले हरायो भने लेस्टर सिटी र एस्टन भिल्लाले गोलरहित बराबरी खेले ।

Click to comment

Trending