Headline

‘म्यानचेस्टर युनाइटेड लिभरपुल भन्दा ६ बर्ष पछाडी छ’

Published

on

एन्फिल्डमा मँगलवार ४–० को लज्जास्पद हार व्यहोरेपछि म्यानचेस्टर युनाइेटडका अन्तरिम व्यवस्थापक राल्फ रांगनिकले आफ्नो टोली लिभरपुलभन्दा ६ बर्षले पछि परेको अभिव्यक्ति दिएका छन् ।

मोहम्मदा सलाहले दुई गोल गर्नुका साथै लिभरपुलले उत्कृष्ट टिम खेल पस्कदै युनाइटेडलाई सिजनको दोश्रो लेगमा पनि लज्जास्पद हार चखाएको हो । उसले ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा पनि ५–० को फराकिलो जित हात पारेको थियो ।

युनाइेटडबिरुद्ध एकै सिजन ८ वा सोभन्दा बढी गोल गर्ने लिभरपुल एक मात्र टोली हुन पुग्यो । लिभरपुलको प्रदर्शनले दुई टिमबीचको खाडल अझै फराकिलो भएको स्पष्ट थियो भने यसले एक दिनका लागि भएपनि शिर्ष स्थानबाट तल झरेको सिटीमाथि थप दवाब सृजना गरेको छ ।

आयाक्स प्रशिक्षक एरिक टेन हाग आउने लगभग तय भएको स्थितिमा रांगनिक युनाइेटड छोडेर जाने पक्का छ । तर आफ्नो बहिर्गमन अघि रांगनिकले युनाइेटड व्यवस्थापनलाई यथार्थ चित्रण गर्दै झकझकाउने काम गरेका छन् । योर्गन क्लोपले लिभरपुललाई गरेको रुपान्तरण युनाइटेडको लागि एउटा राम्रो पाठ रहेको बताउछन् ।

“आज जे भयो त्यो निकै निराजनक र शायद लज्जास्पद पनि थियो । लिभरपुल हामी भन्दा ६ बर्ष अगाडी छ भन्ने हामीले स्विकार्नु पर्छ । जब योर्गन क्लोप आए उनले क्लबलाई परिवर्तन गर्दै टिममात्र नभएर सिँगो शहरलाई नै नयाँ उचाईमा पुर्याए । अबको ट्रान्सफर विन्डोमा युनाइटेडसँग यस्तै हुन आवश्यक छ,” रांगनिकले भने ।

Click to comment

Trending