Headline

लिभरपुलले घरमा बोलाएर म्यानचेस्टर युनाइटेडलाई धुलो चटायो

Published

on

एकपक्षीय खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० ले धुलो चटाउदै लिभरपुर यो सिजन इंगलिस प्रिमियर लिगमा अक्टोबरपछि पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ ।

मँगलवार भएको खेलमा लिभरपुलले उत्कृष्ट टिम खेल प्रस्तुत गर्दै युनाइेटडलाई नमिठो हारको स्वाद चखायो । म्यानचेस्टर सिटीले बुधबार नै ब्राइटनलाई हराउने हो भने उ पुन शिर्ष स्थानमा उक्लनेछ तर मँगलवारको प्रदर्शनले सिटीको उपाधि रक्षा गर्ने अभियानमाथि थप दवाब सृजना हुने स्पष्ट छ ।

लिभरपुल पूर्ण रुपमा हावी भएको खेलको पाचौं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । मोहम्मद सलाहको असिस्टमा लुईस डियाजले नजिकैबाट ट्याप इन गर्दै गोल गरेका थिए । सलाहले त्यसपछि सादियो मानेको उत्कृष्ट असिस्टमा अग्रतालाई २२ औं मिनेटमा दोब्बर बनाए ।

डियाजको असिस्टमा मानेले तेश्रो गोल गरे भने डिआगो जोटाले मिलाइदिएको बलमा सलाहले दोश्रो र टिमको चौथो गोल गर्दै युनाइटेडलाई बिर्सनलायक हार चखाए । उत्कृष्ट लयमा देखिएका सलाहले यो सिजन ३० गोल गरिसकेका छन् ।

आफ्नो छोराको मृत्युका कारण अनुपस्थित पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो बिनै मैदानमा उत्रिएको युनाइेटड छैटौं स्थानमा कायम रहेको छ ।

लिभरपुलको ३२ खेलबाट ७६ अंक भएको छ भने एक खेल कम खेलेको सिटीको ७४ अंक छ । ओल्ड ट्राफोर्डमा भएको पहिलो लेगमा ५–० को जित हात पारेको लिभरपुल युनाइटेडबिरुद्ध एकै सिजन ८ वा सोभन्दा बढी गोल गर्ने इतिहासकै पहिलो टिम बनेको छ ।

Click to comment

Trending