Headline

हेजलउडको बलिङ र डु प्लेसिसको कप्तानी पारीमा बेंगलोर अंक तालिकाको दोश्रो  स्थानमा 

Published

on

कप्तान फाफ डु प्लेसिसको आकर्षक पारी तथा जश हेजलउडको घातक बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले १५ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो सातौँ खेलमा नव प्रवेशी लखनउ सुपर जायन्ट्लाई १८ रनले पराजित गर्दै अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको हो ।

सातौँ खेलमा पाँचौं जित दर्ता गराएको बेंगलोर १० अंक सहित अंक  तालिकाको दोश्रो स्थानमा पुग्न सफल भएको हो । अर्को नव प्रवेशी टोली गुजरात टाइटान्सको पनि १० अंक नै रहे पनि बेंगलोर नेट रन रेटका आधारमा दोश्रो स्थानमा रहेको छ । बेंगलोर भन्दा एक खेल कम खेलेको गुजरातले ६ खेल खेल्दा पाँच खेलमा जित निकालेको छ ।

लगातार रुपमा विकेट गुमाए पनि डु प्लेसिसले अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभर खेल्दै ६ विकेट गुमाएर १८१ रनको चुनौतिपूर्ण योगफल बनाउन सफल भयो । त्यस्तै जश हेजलउडले उत्कृष्ट बलिङ गर्दा लखनउले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १६३ रन भन्दा जोड्न सकेन । 

कुर्नाल पान्ड्याले २८ बलमा सर्वाधिक ४२, कप्तान केएल राहुलले ३० तथा मार्कस स्टोइनिसले २४ रनको पारी खेले पनि लखनउलाई जितका लागि पर्याप्त भएन । लखनउका लागि ओपनर तथा विकेट किपर क्विन्टन डि कक तीन, मनिष पाण्डे ६, दिपक हूडा र आयुष बदोनी समान १३-१३ रन बनाएर पेभेलियन फर्किए ।

बेंगलोरको जितमा बलिङमा जश हेजलउडले सर्वाधिक चार विकेट हात पारे भने हर्षल पटेलले दुई तथा मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले समान १-१ विकेट आफ्नो नममा दर्ता गराए । हेजलउडले चार ओभर बलिङ गर्दा २५ रन मात्र खर्चिए भने म्याक्सवेलले दुई ओभरमा `११ रन मात्र दिए । महँगो साबित भएका पटेलले चार ओभरमा ४७ रन खर्चिन पुगे । 

एक एण्डबाट लगातार विकेट गुमाए पनि डु प्लेसिसले बेंगलोरको अर्को एण्ड सम्हाल्दै ६४ बलको सामना गर्दै ११ चौका र दुई छक्काको मद्दतमा आकर्षक ९६ रनको पारी खेले । बेंगलोरको लागि सर्वाधिक रन बनाएका र खेलको प्लेयर द म्याच घोषित डु प्लेसिस १९ दशमलब पाँच ओभरमा आउट भए । 

बेंगलोरको लागि शहबाज अहमदले २६, ग्लेन म्याक्सवेलले ११ बलमा २३, विकेट किपर दिनेश कार्तिकले अविजित १३ तथा सुयाश प्रभुदेसाईले १० रनको योगदान दिए भने ओपनर अनुज रावत चार रनमा आउट हुँदा पुर्व कप्तान विराट कोहली गोल्डेन डकआउट हुन पुगे ।

समान ४-४ ओभर बलिङ गरेका लखनउका जेसन होल्ड र दुश्मन्था चमिराले क्रमश २५ र ३१ रन खर्चिएर समान २-२ विकेट आफ्नो नाममा लेखाए ।         

Click to comment

Trending