Headline

मलेसियालाई हराउँदै रूपन्देही नेपाल प्रो क्लब च्याम्पियन 

Published

on

प्रज्ज्वल थापा र सन्दिप रजालीले शतकीय साझेदारी गर्दा मलेसियाको राष्ट्रिय टोली सम्मिलित मलेसिया ११ माथि सात विकेटको सहज जित निकाल्दै रूपन्देही ११ ले भैरहवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १४० रनको मध्यम योगफल बनायो भने जबाफी ब्याटिङ गरेको रूपन्देहीले तीन विकेट गुमाएर ६ बल अगावै लक्ष्य पार गर्यो

रूपन्देहीको जितमा विकेट किपर तथा ओपनर प्रज्ज्वल थापाले ६१ बल खेल्दै आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७१ रन बनाए भने तेश्रो  नम्बरमा ब्याटिङ गर्न आएका सन्दिप रजालीले ४५ बलमा चार चौका र एक छक्का सहित ४१ रनको योगदान दिए । ओपनर देव खनाल १२ रनमा आउट हुँदा थापा र रजालीले दोश्रो विकेटका लागि ११२ रनको साझेदारी गर्दै जित सुनिश्चित गराए ।

यस अघि मलेसियाको लागि सबै ब्याटरले सुरुवात राम्रो गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा विशाल योगफल बनाउनबाट असफल रह्यो ।

मलेसियाको लागि नज्रिल रहमानले २२ बलमा सर्वाधिक ३६ रन बनाए भने ओपनर जुबैदी जुल्किफलले १६ बलमा २६ तथा सैयद अजिजले २० रनको पारी खेले । त्यस बाहेक ओपनर विरनदिप सिंहले २२ बलमा ११ रन मात्र जोड्न सक्दा कप्तान अहमद फैजले पनि १२ रन भन्दा जोड्न सकेनन् । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका मुहम्मद अमिरले १३ बलमा १८ रन जोड्दै मलेसियालाई चुनौतिपूर्ण योगफल सम्म पुर्याए ।

रुपन्देहीका वसिर अहमदले दुई विकेट हात पार्दा कप्तान कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र विशाल बिक्रम केसीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।       

Click to comment

Trending