Headline

त्रिपाठी र मार्क्रमको अर्धशतकमा हैदराबादको शानदार जित 

Published

on

मध्यक्रमका ब्याटर राहुल त्रिपाठी र एडेन मार्क्रमले आक्रामक अर्धशतक प्रहार गर्दा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्स माथि सात विकेटको सहज जित हात पार्न सफल भएको छ । 

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुरुवाती दुई खेलमा हार बेहोर्दा खराब सुरुवात गरेको हैदराबादले लगातार तेश्रो जित दर्ता गर्दै अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ । आजको खेलमा हारको सामना गर्दा कोलकाताले पहिलो स्थानमा उक्लने मौका मात्र गुमाएन चौथो स्थानमा पनि झर्न पुग्यो ।  

कोलकाताले दिएको १७६ रनको लक्ष्य हैदरबादले तीन विकेट गुमाएर १३ बल अगावै जित आत्मसाथ गर्यो ।

ओपनरद्वय अभिषेक शर्मा तीन तथा कप्तान केन विलियमसन १७ रनमा आउट हुँदा खराब सुरुवात गरेको हैदराबादको जितमा राहुल त्रिपाठीले ३७ बल खेल्दै चार चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ७१ रन बनाए भने मार्क्रमले ३६ बलमा ६ चौका र चार छक्का सहित अविजित ६८ रनको योगदान दिए । उनीहरुले तेश्रो विकेटका लागि ५४ बलमा ९४ रन जोड्दा हैदरबादको पारी सम्हाले । 

कोलकाताका आन्द्रे रसेलले दुई तथा प्याट कमिन्सले एक विकेट हात पारे पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन । 

यस अघि खराब सुरुवात गरे पनि नितिश राणाको अर्धशतक तथा आन्द्रे रसेलको आक्रामक पारीमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रनको चुनौतिपूर्ण योगफल बनाउन सक्यो ।

ओपनर वेंकटेश ऐयर र चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुनिल नारायण समान ६-६ तथा अर्का ओपनर आरोन फ़िञ्चशेल्डन ज्याक्सन समान ७-७ रन बनाएर आउट भए पनि नितिश राणाले ३६ बलमा ६ चौका र दुई छक्का सहित सर्वाधिक ५४ रन बनाउँदै कोलकाताको पारी सम्हाले ।     

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले २५ बलमा समान ४-४ चौका र छक्का सहित अविजित ४९ रन प्रहार गर्दा कोलकाताले चुनौतिपूर्ण योगफल सम्म स्कोरलाई लिएर जान सफल भए । कप्तान श्रेयस ऐयरले २८ रन जोडे भने कोलकाताका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हैदराबादका टि नाटराजनले चार ओभरमा ३७ रन खर्चिएर कोलकाताका तीन जना ब्याटरलाई पेभेलियनको बाटो देखाए भने उमरान मलिकले दुई विकेट हात पार्दा भुवनेश्वर कुमार, मार्को यानसन र जगदीश सुचितले समान १- विकेट आफ्नो नाममा दर्ता गराए ।   

Click to comment

Trending