Headline

जिम्बाब्वेले गर्ने नेपाल भ्रमणको खेल तालिका सार्वजनिक 

Published

on

जिम्बाब्वे ए ले गर्ने नेपाल भ्रमणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र जिम्बाब्वे ए ले समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने छन् ।

एकदिवसीय खेल अप्रिल ३०, मे २ र मे चारमा तथा ट्वान्टी ट्वान्टी खेल मे ६, ७ र ९ तारिकमा टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । जिम्बाब्वे ए र नेपाल बीचको खेल लिस्ट ए र ट्वान्टी ट्वान्टी मान्यताको हुनेछ ।     

क्यानले जुन र जुलाईमा क्रमश अमेरिका र स्कटल्याण्डमा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीको लागि जिम्बाब्वे ए सँग खेल्न लागेको हो । यस बाहेक नेपाली टोलीले अमेरिका उड्नु अघि क्यानडाको पनि भ्रमण गर्नेछ ।   

जिम्बाब्वे अप्रिल २८ मा नेपाल आइपुग्ने छ । 

 

Click to comment

Trending