Headline

नेपाल एसिया कपमा छनोट हुन सक्दैन : अब्दुल्लाह अलमुताइरी 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोली एसिया कपमा छनोट हुन नसक्ने अभिव्यक्ति दिएका छन् । आज दशरथ रंगशालामा नेपाली टोलीको अभ्यास पछि पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा अलमुताइरीले यस्तो धारणा राखेका हुन् ।   

नेपालले आगामी जुन महिनामा एसिया कप छनोटको तेश्रो चरणको खेल खेल्दै छ । नेपालको समुहमा आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसिया रहेका छन् ।

अलमुताइरीले कुवेत, जोर्डन र इन्डोनेसिया नेपाल भन्दा धेरै माथिल्लो स्तरको टोली रहेकाले गर्दा उनीहरूलाई पराजित गर्दै एसिया कप छनोट हुन सहज नरहेको र यो निकै कठिन कार्य रहेको जनाए । उनले भने, “मैले त्यसै हावा कुरा गरेर हुँदैन । हामीले सपना देख्न मिल्छ । तर हामी हकिकत पनि हेर्न पर्ने हुन्छ । हाम्रो बिरोधीहरु हामी भन्दा निकै बलिया टोली हुन् । त्यसैले पनि हामीले एसिया कपमा छनोट हुन सक्दैनौँ ।”  

“तर यो भन्दैमा हामीले पहिले नै हात उठाएका हैनौँ । हामी आर्मी जस्तै अन्तिम अवस्था र सास रहँदा सम्म पनि लड्ने छौँ । हामी हाम्रो काम र खेल इमान्दारिता पूर्वक खेल्ने छौँ ।”

“हामीले अहिले हामी छनोट हुन्छौँ भनेर भने तर छनोट हुन नसकेको खण्डमा तपाई मिडिया र समर्थकले नै हामीलाई नकारत्मक टिप्पणी गर्नेछन् । त्यसैले मैले अहिले नै साँचो कुरा गरेको हो । “मैले यस अघि नेपाल यस पटक साफ च्याम्पियनसिपको फाइनल खेल्छ भनेको थिएँ । र हामीले फाइनल पनि खेल्यौँ ।”

उनले नेपाली टोलीले पछिल्लो एक वर्षको समयमा निकै राम्रो प्रगती गरेको र एसिया कप तथा विश्वकपमा छनोट हुनका लागि ग्रासरुटमा लगानी गर्न पर्ने बताए । “एन्फा स्थापना भएको ५० वर्ष भन्दा बढी भइसक्यो । तर खै त ग्रासरुटमा लगानी । खेलाडी उत्पादनमा एन्फाले लगानी नगर्ने तर हामी विश्वकप र एसिया कप खेलेको हेर्न चाहने । ग्रासरुटमा लगानी गरेको १०-१२ वर्षमा बल्ल त्यसको परिणाम आउन थाल्छ ।”  

हेर्नुहोस् अब्दुल्लाह अलमुताइरी को पुरा भिडियो

 

Click to comment

Trending