Headline

यसै सिजन आईपीएल खेलेको गुजरात अंक तालिकाको शीर्ष स्थानमा

Published

on

कप्तान हार्दिक पान्ड्या बलिङ, ब्याटिङ र फिल्डिङमा चम्कँदा राजस्थान रोयल्स माथि ३७ रनको फराकिलो जित निकाल्दै नव प्रवेशी गुजरात टाइटान्स १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

यसै सिजनबाट आईपीएल खेलेको गुजरातको पाँच खेलमा यो चौथो जित हो । सुरुवाती तीन खेलमा क्रमश लखनउ सुपर जयान्ट्स, दिल्ली क्यापिटल्स र पन्जाब किंग्स माथि पाँच विकेट, १४ रन र ६ विकेटको जित निकालेको गुजरात यस अघिको खेलमा भने सनराइजर्स हैदरबादसँग आठ विकेटले पराजित भएको थियो । 

आजको खेलमा पराजित भए पछि यस अघि पहिलो स्थानमा रहेको राजस्थान अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । पाँच खेल खेलेको राजस्थानको यो दोश्रो हार हो ।

गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर खेले पनि नौ विकेट गुमाएर १५५ रन भन्दा जोड्न सकेन । 

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको राजस्थानको तर्फबाट ओपनर जस बटलरले २४ बलमा सर्वाधिक ५४ रन बनाए भने शिम्रोन हेटमायरले २९, रियान परागले १८, जेम्स निशमले १७ तथा कप्तान सन्जु सामसनले ११ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यस बाहेक ओपनर देवदत्त पड्डीकल गोल्डेन डक आउट, रविचंद्रन अश्विन आठ तथा रस्सी भान डर डस्सेन ६ रनमा आउट भए ।

गुजरातको जितमा लोकी फर्गुसनले चार ओभरमा २३ तथा चार ओभर नै बलिङ गरेका यश दयालले ४० रन खर्चिएर समान ३-३ विकेट लिए भने कप्तान हार्दिक पान्ड्या र मोहम्मद शामीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

यस अघि कप्तान हार्दिक पान्ड्याले अर्धशतक प्रहार गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पार्यो ।

गुजरातको लागि अविजित रहेका कप्तान हार्दिक पान्ड्याले सर्वाधिक ८७ रन बनाए । खेलको प्लेयर अफ द म्याच घोषित पान्ड्याले ५२ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गरे । पान्ड्या बाहेक अभिनव मनोहरले २८ बलमा ४३ तथा डेविड मिलरले १४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ३१ रनको पारी खेले ।

ओपनरद्वय म्याथ्यु वेडशुबमन गिल क्रमश १२ र १३ तथा विजय शंकर दुई रनमा आउट हुँदा खराब सुरुवात गरेको गुजरातको लागि पान्ड्याले मनोहरसँग चौथो विकेटका लागि ५५ बलमा ८६ तथा पाँचौँ विकेटका लागि मिलरसँग २५ बलमा अविजित ५३ रन जोड्दै आफ्नो टोलीलाई विशाल योगफल सम्म पुर्याए ।

राजस्थानका रियान पराग, युज्वेन्द्र चाहल र कुलदिप सेनले समान एक विकेट हात पारे ।   

   

Click to comment

Trending