Headline

केनले अस्वीकार गरे युनाइटेडको प्रस्ताव 

Published

on

ह्यारी केनले म्यानचेस्टर युनाइटेडको आफ्नो क्लबमा अनुबन्ध हुन गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।

इंग्ल्यान्डका कप्तान केनले गत वर्ष नै टोटनह्याम छाड्न खोजेका थिए । तर पछि उनको टोटनह्याम छाड्ने सपना अधुरै रहेको थियो । त्यस समयमा उनी आफ्नो व्यक्तिगत प्रदर्शन र उपाधिका लागि म्यानचेस्टर सिटी जानका लागि प्रयासरत रहेका थिए । सिटीले केनका लागि १२५ मिलियनको प्रस्ताव रहेको भए पनि टोटनह्यामले उक्त प्रस्ताव आविश्कार गरेको थियो । 

जारी सिजन क्रिस्टियानो रोनाल्डोको आगमन पछि पनि निकै खराब प्रदर्शन गरेको युनाइटेडले आगामी सिजन उत्कृष्ट टिम बनाउने योजना सहित केनलाई आफ्नो क्लबमा आबद्ध हुनका लागि प्रस्ताव राखेको थियो । तर २९ वर्षीय केनले युनाइटेड जान इच्छुक नरहेको बताएका हुन् । तर उनले यस सिजनको अन्त्यसँगै टोटनह्याममा नै बस्ने बारेमा क्लबका पदाधिकारीहरूसँग एक पटक छलफल गर्ने बताएका छन् ।

केनले हालका लागि क्लब नछाड्ने भए पछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई भने ठुलो राहत मिलेको छ । केनको टोटनह्यामसँगको सम्झौता अझै दुई वर्ष रहेको छ । कोन्टेको प्रशिक्षणमा टोटनह्यामले राम्रो प्रदर्शन गरेका कारण पनि केन अझै क्लबमा नै बस्न इच्छुक रहेका हुन् ।

सन् २०२०-२१ को सिजनमा सातौँ स्थानमा रहँदा च्याम्पियन्स लिग खेल्नबाट बञ्चित रहेको टोटनह्याम यस पटक भने च्याम्पियन्स लिग छनोटको नजिक रहेको छ ।

Click to comment

Trending