Headline

वसिरको अल राउण्ड प्रदर्शनमा आर्मी माथि सहज जित निकाल्दै रुपन्देही फाइनलमा  

Published

on

वसिर अहमदले अलराउण्ड प्रदर्शन गर्दा नेपाल आर्मी माथि ६ विकेटको सहज जित निकाल्दै रुपन्देही ११ भैरहवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले अब भोली हुने फाइनलमा उपाधिका लागि मलेसिया ११ को सामना गर्नेछ ।

खेलमा टस जितेर जितेर पहिले ब्याटिङ गरेको नेपाल आर्मीले १९ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो भने रुपन्देहीले चार विकेट गुमाएर १५ बल अगावै लक्ष्य पार गर्दै फाइनलको यात्रा तय गर्यो ।

रुपन्देहीलाई फाइनलमा स्थान सुरक्षित गराउने क्रममा वसिरले ३५ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ४५ रनको पारी खेले भने बलिङमा चार ओभरमा १७ रन दिएर दुई बिकेट पनि आफ्नो नाममा दर्ता गराए ।

ओपनरद्वय देव खनाल र प्रज्वल थापा क्रमश शून्य र एक रनमा आउट भए भने सन्दिप रजाईलीसौरव खनालले अविजित रहँदै क्रमश १९ र १० रन बनाए भने विशाल बिक्रम केसीले पनि १३ रनको योगदान दिए ।

यस अघि आर्मीको तर्फबाट रोहित कुमार पौडेलले सर्वाधिक ३६, हरि चौहानले १७ र राजेश पुलामी मगरले १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

आर्मीलाई सानो स्कोरमा रोक्ने क्रममा वसिर बाहेक रुपेश कुर्मीले दुई तथा कप्तान कृष्ण कार्की र बिक्रम भुषालले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । आर्मीका चार जना ब्याटर रन आउट भए ।

बलिङमा आर्मीका बिक्रम सोबले तीन ओभरमा आठ रन दिएर तीन विकेट लिए भने अन्य बलर विकेट बिहिन रहे ।         

Click to comment

Trending