Headline

च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई इंगलिस, दुई स्पेनिस टोली

Published

on

म्यानचेस्टर सिटी र लिभरपुलले आ–आफ्नो खेलमा बराबरी गरेपछि इंगलिस प्रिमियर लिगका दुवै टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तनावपूर्ण खेलमा सिटीले स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को जित हात पार्यो । लिभरपुलले पोर्चुगिज टोली बेनफिकालाई पुनरागमनबाट रोक्दै दोश्रो लेगमा ३–३ को बराबरीपछि समग्रमा ६–४ को जितका साथ अन्तिम चारमा स्थान बनायो ।

यसअघि दुई स्पेनिस टोली रियल म्याड्रिड र भिलारियाल पुगिसकेका छन् । १७ बर्षपछि युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको सेमिफाइल प्रवेश गर्ने क्रममा भिलारियालले जर्मन महारथी बायर्न म्युनिखलाई हराएको थियो ।

निर्धारित ९० मिनेटपछि कार्डको बर्षा भएको खेलमा एट्लेटिकोका फेलिपे दोहोरो पहेलो कार्ड खादै ९१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । कर्नर लाइनमा दुई टोलीबीच निकै बेर घम्सा घम्सी चल्दा म्याच अफिसियलहरुलाई छुट्याउन धौं–धौं परेको थियो ।

अन्तिम सेकेण्डतिर एट्लेटिको प्रशिक्षक डिएगो सिमिओनेले पनि पहलो कार्ड पाउदा सिटीका नथान एके, रियदा माह्रेज, फिल फोडेन र जाओ क्यान्सेलोले ९० मिनेटपछि कार्ड पाएका थिए ।

घरेलु इतिहाद स्टेडियममा १–० को जित हात पारेको सिटीलाई बुधबार बराबरीले नै सेमिफाइनलतर्फ डोर्याउन पर्याप्त हुने थियो । एट्लेटिकोको धैर्यताको राम्रो परिक्षा लिदैं सिटी अन्तिम चारमा पुग्न सफल भयो ।

एन्फिल्डमा भने खेल निकै रोमाञ्चक बन्यो । इब्राहिम कोनाटेले २१ औं मिनेटमा गोलल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । गोन्सालो रामोसले ९ मिनेटपछि नै बेन्फिकाका लागि बराबरी गोल गरे ।

५५ र ६५ औं मिनेटमा रोबर्टो फर्मिनोले दुई गोल गरेपछि सिटीले समग्रमा चार गोलको अग्रता लिदै एक कदम सेमिफाइनलतर्फ अगाडी बढायो । रोमन यारेम्चुक ७३ र डार्विन नुनेजले ७२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीतर्फ त ल्याए तर पहिलो लेगमा व्यहोरेको ३–१ को पराजयले बेनफिकालाई बचाउन सकेन ।

सेमिफाइनलमा अब लिभरपुलले भिलारियाल र सिटीले रियलको सामना गर्ने छन् । सिटी र भिलारियाल दुवै पहिलो च्याम्पियन्स लिग उपाधिको खोजीमा रहेका छन् । गत सिजन सिटी फाइनलमा अर्को इंगलिस टोली चेल्सीसँग फाइनलमा पराजित भएको थियो ।

Click to comment

Trending