Headline

च्याम्पियन्स लिगः स्पेनिस लिगको सातौं स्थानको भिलारियालले जर्मन महारथी बायर्नलाई ढाल्यो

Published

on

जर्मन महारथी बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टर–फाइनलबाटै बाहिरिएको छ । स्पेनिस टोली भिलारियालसँग अन्तिम केही समय रोक्किन नसकेपछि बायर्न समग्रमा २–१ को पराजय व्यहार्दै बाहिरिन पुग्यो ।

बायर्नको अलायन्ज अरिनामा भएको दोश्रो लेगमा भिलारियालले घरेलु टोलीलाई अन्तिम समयमा १–१ गोलको बराबरीमा रोक्दै इतिहासमै जम्मा दोश्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्यो । पहिलो लेगमा भिलारियाल १–० ले बिजयी भएको थियो ।

भिलारियल यसअघि सन् २००५–०६ को सिजनमा सेमिफाइनल पुगेको थियो ।

भिलारियाल स्पेनिस ला लिगाको अंक तालिकामा सातौं स्थानमा रहेको छ भने गत नोभेम्बर उसका प्रशिक्षक उनाई एमेरी प्रिमियर लिग टोली न्युकासल युनाइटेडको बागडोर सम्हाल्नबाट निकै नजिक पुगेका थिए ।

च्याम्पियन्स लिगमा अवे गोलको नियम हटिसकेको अवस्थामा बायर्नलाई भिलारियालले पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकेको थियो । दोश्रो हाफ शुरु भएको सात मिनेटमै बायर्नले सेमिफाइनल सम्भावनालाई बलियो बनायो ।

थोमस मुलरको पासमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै समग्रमा १–१ को बराबरी गराएका थिए । खेल अतिरिक्त समयमा जाने लगभग तय देखिएको अवस्थामा स्यामुएल चुकवेजेले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध बनाएका थिए । उनले निर्धारित समय सकिन दुई मिनेट बाँकी हुँदा गोल गरेका थिए ।

सेमिफाइनलमा अब भिलारियालले प्रिमियर लिग क्लब लिभरपुल अथवा पोर्चुगिज टोली बेनफिकाको सामना गर्नेछ ।

Click to comment

Trending