Headline

पुलिस माथि मलेसियाको सनसनीपूर्ण जित, पुलिस समुह चरणका सबै खेलमा पराजित 

Published

on

तीब्र गतिका बलर शर्विन मुनियान्ड़े बल र ब्याट दुवैबाट तथा अलराउण्डर सैयद अजिज बलबाट चम्कँदा नेपाल पुलिस माथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै मलेसिया ११ भैरहवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको सेमिफाइनलमा नजिक पुगेको छ ।

तिन खेल मध्य दुई खेलमा जित निकाल्न सफल भएको मलेसिया समुह ए बाट सेमिफाइनल नजिक पुगेको हो । आजको खेलमा पराजित भएको नेपाल पुलिस क्लब भने समुह चरणमा तीन खेल खेल्दा तीनवटामा नै पराजित हुन पुगेको छ ।

नेपाल पुलिसले दिएको १०० रनको लक्ष्य मलेसियाले १७ ओभर खेल्दै नौ विकेट गुमाएर लक्ष्य पार गरेको हो ।

मलेसियालाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेको अवस्थामा मुहम्मद वफिकशर्विन मुनियान्ड़ेले एक पछि अर्को ठुलो सट खेल्दै जित सुनिश्चित गरे । अन्तिम ओभरमा उनीहरूले क्रमश एक छक्का र दुई चौका प्रहार गरे । 

अविजित रहेका मुनियान्ड़ेवफिकले क्रमश १९ बलमा १८ तथा ६ बलमा ११ रनको पारी खेले । त्यस बाहेक नज्रिल रहमानले सर्वाधिक २७ रन बनाउँदा सैयद अजिजले पनि १३ रनको योगदान दिए । 

नेपाल पुलिस क्लबका पवन सर्राफले तीन विकेट हात पार्दा सागर ढकाल, करण केसी, मन्जित श्रेष्ठ र गुलशन झाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि सैयद अजिजशर्विन मुनियान्ड़ेले घातक बलिङ गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिसले १९ दशमलब चार ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र जोड्न सक्यो ।

पुलिसलाई दुई अंकको योगफलमा रोक्ने क्रममा अजिजले चार ओभरमा एक मेडन ओभर सहित १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने खेलको म्यान अफ द म्याच घोषित मुनियान्ड़ेले चार ओभरमा एक मेडन ओभर सहित मात्र पाँच विकेट लिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

पुलिसका प्रेम तामांङले अविजित रहँदै सर्वाधिक २८ रन बनाए भने पवन सर्राफले २५, सागर ढकालले १४ र शंकर रानाले १० रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।    

 

Click to comment

Trending