Headline

आईपीएलको नयाँ टोली गुजरातको पहिलो हार   

Published

on

१५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को नव प्रवेशी टोली गुजरात टाइटान्सले पहिलो हारको सामना गरेको छ । आफ्नो पहिलो सिजनको चौथो खेलमा गुजरात सनराइजर्स हैदराबादसँग आठ विकेटले पराजित भएको हो । आजको खेलमा जित निकालेको हैदराबादले चौथो खेलमा लगातार दोश्रो जित दर्ता गराउन सफल भयो ।

ओपनिङमा आएका कप्तान केन विलियमसनले अर्धशतक प्रहार गर्दा हैदराबादले १६३ रनको मध्यम लक्ष्य १९ दशमलब एक ओभर खेल्दै दुई विकेट गुमाएर जित हात पार्यो ।

हैदराबादको जितमा विलियमसनले ४६ बल खेल्दै दुई चौका र चार छक्का सहित ५७ रन बनाए । त्यस्तै अर्का ओपनर अविशेक शर्माले ३२ बलमा ४२ रनको पारी खेल्दा विकेट किपर निकोलस पुरनले १८ बलमा समान २-२ चौका र छक्का सहित अविजित ३४ रन बनाए भने एडेन मार्क्रमले पनि अविजित १२ रनको योगदान दिए ।

गुजरातका कप्तान हार्दिक पान्ड्यारशिद खानले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभर खेल्दै सात विकेट गुमाएर १६२ रनको मध्यम योगफल बनायो ।

गुजरातको तर्फबाट अविजित रहेका कप्तान हार्दिक पान्ड्याले सर्वाधिक ५० रनको पारी खेले । सामान्यतया आक्रामक शैलीमा खेल्ने गरेका पान्ड्याले संयमित भएर ब्याटिङ गर्दै ४२ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

पान्ड्या बाहेक गुजरातको लागि अभिनव मनोहरले आक्रामक खेल्दै २१ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन बनाए । त्यस बाहेक ओपनरद्वय म्याथ्यु वेड र शुबमन गिलले क्रमश १९ र सात, साई सुदर्शनले ११, डेविड मिलरले १२, राहुल टेवाटियाले ६ रनको योगदान दिए भने पारीको अन्तिम बल खेल्न आएका रशिद खान गोल्डेन डक आउट भए ।        

हैदराबादका भुवनेश्वर कुमार र टि नटराजनले समान २-२ विकेट हात पार्दा मार्को यानसन र उर्मान मलिकले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

 

 

Click to comment

Trending