Headline

मोहम्मद आमिरले सन्यास फिर्ता लिने 

Published

on

पाकिस्तान क्रिकेट टोलीका तीब्र गतिका बलर मोहम्मद आमिरले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिने भएका छन् । २९ वर्षीय आमिरले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले आफ्नो पद छाडे पछि सन्यास फिर्ता लिने मनस्थिति बनाएका हुन् ।

सन् २०२० मा उनले अचानक सन्यासको घोषणा गरेका थिए । पाकिस्तानको लागि ३६ टेस्ट, ६१ एकदिवसीय र ५० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका आमिरले राजाले पाकिस्तान क्रिकेट बोर्ड छोडे पछि देशको लागि खेल्ने जनाएका हुन् ।

उनले सन्यास लिएको समयमा बोर्ड र व्यवस्थापनले मानसिक तनाव दिएका कारण सन्यासको घोषणा गरेको जनाएका थिए । उनले भनेका थिए, “मैले अहिले क्रिकेट छाड्ने निर्णयमा पुगे । यसको कारण हो मलाई मानसिक रुपमा निकै तनाव दिइएको छ । पाकिस्तान क्रिकेट बोर्डले मलाई निकै सताई रहेको छ । म यो सबै तनावबाट मुक्ति पाउन चाहन्छु ।” 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विश्वास पत्र रहेका रमिज राजाको अध्यक्ष पद खान प्रधानमन्त्रीबाट हटेसँगै धरापमा रहेको छ । 

 

Click to comment

Trending