Headline

विरनदिपको एकै ओभरको ६ बलमा ६ विकेट निकाल्दा मलेसियाको सहज जित

Published

on

विरनदिप सिंहले एकै ओभरमा पाँच विकेट हात पार्नुको साथै ब्याटिङबाट ३३ रन जोड्दा मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको आफ्नो दोश्रो खेलमा पुष स्पोर्ट्स दिल्लीलाई सात विकेटले पराजित गरेको छ । आजको जितसँगै मलेसियाले सेमिफाइनलको सम्भावना पनि जीवित रहेको छ ।   

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुषले पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १३२ रन बनायो भने जबाफी ब्याटिङ गरेको मलेसियाले १७ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

 पुषले १९ ओभरमा तीन बिकेट गुमाएर १३० रन बनाएको थियो । तर विरनदिपको एकै ओभरमा पुष स्पोर्ट्स दिल्लीले दुई रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । पहिलो बल वाइड गरेका विरनदिपले दोश्रो बलमा मृगांक पाठकको विकेट हात पारे । दोश्रो बलमा इशान पाण्डे रन आउट भए भने बाँकी चार बलमा विरनदिपले क्रमश अनिन्दो नहारे, विशेष सारोह, जतिन सिङ्घल र स्पर्शको विकेट हात पारे । अनिन्दो, विशेष र स्पर्शलाई बोल्ड गरेका विरानदिपले जतिनलाई भने कट एण्ड बोल्ड आउट गरेका हुन् ।

पुषको तर्फबाट कप्तान तथा विकेट किपर पाठकले सर्वाधिक ३९ रन बनाए भने ओपनर मायंक गुप्ताले ३३, अविशेक अगरवालले २६ तथा इशान पाण्डेले १९ रनको पारी खेले ।

एकै ओभरमा पाँच विकेट निकालेका विरनदिपले मलेसियाको तर्फबाट दुई ओभर बलिङ गर्दै नौ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे ।

मलेसियाको जितमा कप्तान अहमद फैजले अविजित रहँदै ३९ रन बनाए भने मुहम्मद अमिरले पनि अविजित २५ रनको पारी खेले । त्यस बाहेक खेलको प्लेयर अफ द म्याच घोषित विरनदिपले १९ बल खेल्दै चार चौका र दुई छक्काको मद्धतमा आक्रामक ३३ रन बनाएर आउट भए ।      

 

Click to comment

Trending