Headline

सिजनको निर्णायक खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले खेले रोमाञ्चक बराबरी

Published

on

इंगलिस प्रिमियर लिगको सनसनीपूर्ण खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै उपाधि अभियानमा एक अर्कालाई कायमै राखेका छन् ।

लिगको शिर्ष दुई स्थानमा मात्र एक अंकको फरक रहेको दुई टिमबीच आक्रमणले भरिएको खेल बराबरीमै समाप्त हुन पुग्यो । आइतबारको परिणामपछि सिटी ७४ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ भने लिभरपुल ७३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।

सिजनकै अत्यन्तै रोमाञ्चक खेलमा केभिन डि ब्रुनले पाचौं मिनेटमै घरेलु समर्थकलाई जोसाउदै पाचौं मिनेटमा गोल गरेका थिए । यस क्रममा बर्नार्डो सिल्भाको क्रस लोभलाग्दो रहेको थियो । ८ मिनेटपछि नै लिभरपुल खेलमा फर्कियो ।

ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डको पासमा डिओगो जोटाले लिभरपुलका लागि गोल गरेका थिए । ३६ औं मिनेटमा सिटीले फेरि अग्रता लियो । यसपटक जाओ क्यान्सेलोको पासमा ग्याब्रियल जिजसले गोल गरेका थिए ।

तर दोश्रो हाफको शुरुवातमै लिभरपुलले पुन बराबरी गोल फर्कायो । मोहम्मद सलाहको असिस्टमा सादियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए ।

६३ औं मिनेटमा रहिम स्टर्लिंगको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले मान्यता नदिएपछि सिटी अभागी साबित भएको थियो ।

त्यसअघि मिड टेबलमा लेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गर्यो भने ब्रेन्टफोर्डले शिर्ष चारको सपना देखिरहेको वेष्टह्याम युनाइटेडलाई २–० ले स्तब्ध बनायो । वेष्टह्याम ५१ अंक सहित छैटौं स्थानमा रहेको छ ।

समान अंक रहेको म्यानचेस्टर युनाइेटड गोल अन्तरका आधारमा सातौं स्थानमा छ । यस्तै रेलिगेसन जोनबाट बाहिर निक्लने संघर्ष गर्दै गरेका दुई टिमबीचको भिडन्तमा नर्विच सिटीले बर्नलीलाई २–१ ले हरायो ।

बर्नलीको २४ अंक छ भने पुछारमा रहेको नर्विचको २१ अंक छ । १९ औं स्थानमा रहेको वाटफोर्डको २२ अंक छ । एभर्टन २८ अंकका साथ १७ औं स्थानमा छ ।

Click to comment

Trending