Headline

रोहितको अर्को उत्कृष्ट ब्याटिङमा आर्मीको लगातार दोश्रो जित 

Published

on

रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिंग तथा कुशल, सुशन भारी र सोमपाल कामीले घातक बलिङ गर्दा नेपाल आर्मी क्लबले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी माथि आठ विकेटको सहज जित दर्ता गराउँदा लगातार दोश्रो जित हात पारेको छ ।

कुशल, सोमपाल र सुशनले उत्कृष्ट बलिङ गर्दा ट्यालेन्ट हन्टले २० ओभरमा आठ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । रोहितले अर्कोउत्कृष्ट ब्याटिङ गर्दा आर्मीले  दुई विकेट गुमाएर ३६ बल अगावै लक्ष्य पार गर्यो ।

 आर्मीको जितमा खेलको प्लेयर अफ द म्याच घोषित भएका कुशलले चार ओभरमा १६ रन दिएर सर्वाधिक तीन विकेट हात पारे भने सुशनले चार ओभरमा सात र सोमपालले तीन ओभरमा २५ रन खर्चिएर समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

जवाफमा रोहितले २६ बलमा पाँच चौका र एक छक्का सहित अविजित ४१ रनको पारी खेल्दा आर्मीले सहज जित निकाल्न सफल भयो । रोहित बाहेक हरि चौहानले २५ तथा भिम सार्कीले अविजित १४ रनको योगदान दिए ।

ट्यालेन्ट हन्टको तर्फबाट नवौ नम्बरमा ब्याटिङ गर्न आएका अबिदुर कैफले १० बलमा समान २-२ चौका र छक्का सहित सर्वाधिक २३ रन बनाए ।

आज नै भएको पहिलो खेलमा विशाल बिक्रम केसीको अलराउण्ड प्रदर्शनमा रुपन्देही ११ ले नेपाल पुलिस माथि २९ रनको रोमान्चक जित दर्ता गरायो ।

पहिले ब्याटिङ गरेको रुपन्देहीले आठ विकेट गुमाएर ११७ रन मात्र जोड्न सके पनि पुलिसलाई १८ दशमलब पाँच ओभरमा ८८ रनमा अलआउट गरायो ।

रुपन्देहीको लागि खेलको प्लेयर अफ द म्याच घोषित विशालले २९ रन जोडे भने बलिङमा एक ओभर मात्र गरे पनि दुई रन खर्चिएर दुई विकेट हात पारे । विशाल बाहेक कृष्ण कार्की, अनिल खरेलले २-२ विकेट लिंदा वासिर अहमदले तीन विकेट लिए । 

 

Click to comment

Trending