Headline

एभर्टन समर्थकको फोन भुइमा बजारेका रोनाल्डोले माफी मागे

Published

on

म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोले एभर्टन समर्थकको फोन खोस्दै भुईमा बजारिदिएकोमा माफी मागेका छन् ।

शुनिबार युनाइटेड एभर्टनसँग १–० ले पराजित भएपछि टनेल भित्र छिर्दै गर्दा रोनाल्डो निकै क्रोधमा देखिएका थिए । एक एभर्टन समर्थकले नजिकैबाट उनको भिडियो लिन खोज्दा रोनाल्डोले फोन खोसेर भुइमा बजारिदिएका थिए ।

“अहिलेको जस्तो समस्याको सामना गरिरहेको टोलीका खेलाडीहरुलाई आफ्नो भावनासँग सम्झौता गर्न निकै कठिन कुरा हो । तैपनि हामी जहिल्यै पनि अरुलाई सम्मान दिनुका साथै धैर्यता राख्न र युवाहरुको लागि उदाहरणीय बन्न निकै आवश्यक छ,” रोनाल्डो आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

“म आफ्नो व्यहारको लागि क्षमा माग्दछु र सम्भव रहेसम्म ती समर्थकलाई फेयर प्ले र स्पोर्ट्स्म्यानसिप देखाउदै ओल्ड ट्राफोर्डमा फुटबल हेर्नका लागि बोलाउन चाहन्छु,” उनले थप लेखेका छन् ।

रेलिगेसनका लागि संघर्ष गरिरहेको एभर्टनसँग हारेपनि युनाइटेड च्याम्पियन्स लिग स्थानभन्दा ६ अंक पछाडी सातौं स्थानमा रहेको छ । रोनाल्डो म्यानचेस्टर युनाइटेड आए यता उनी पटक पटक नकारात्मक बिषयलाई लिएर चर्चामा आउदै गरेका छन् ।

एक पटक उनले आफूलाई सब्स्टिच्युट गरेको भन्दै अन्तरिम व्यवस्थापक राल्फ राँगनिकसँग डगआउटमै असन्तुष्टि पोखेका थिए भने एफए कपका दौरान पेनाल्टीमा गोल गर्न चुकेका स्विस युवा खेलाडी एन्थोनी एलाँगाको पछाडी थुक्न पुगेका थिए ।

ब्रिटिस मिडियाले यस बिषयलाई ठूलो नबनाउदै रोनाल्डोले अनजानमै यो हर्कत गरेको बताएका थिए । त्यसबाहेक रोनाल्डो युनाइटेड हादै गर्दा पनि निकै नै अप्राकृतिक रुपले रिस पोख्ने गर्दै आएका छन् ।

Click to comment

Trending