Headline

प्रिमियर लिग सिजनको सबैभन्दा ठूलो भिडन्तका तीन ठूला टक्कर

Published

on

आइतबार इंगलिस प्रिमियर लिगको यो सिजनकै सम्भवत सबैभन्दा ठूलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुल भिड्दैछन् । समान ३० खेलमाा दुई टिमलाई शिर्ष दुई स्थानमा मात्र एक अंकले छुट्याउदा सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल उपाधिका लागि निर्णायक बन्न सक्छ ।

सिटी ७३ अंक सहित शिर्ष स्थानमा छ र खेलमा जित हात पार्ने हो भने उसले लिभरपुलसँग स्पष्ट चार अंकको अग्रता लिन सक्नेछ । अवे मैदानमा लिभरपुल बराबरीदेखि पनि सन्तुष्ट हुनेछ । यसो गर्दा उ मात्र एक अंकको दुरीमा रहदै सिटीमाथि दवाब कायम राख्न सफल हुनेछ ।

सिटी व्यवस्थापक पेप ग्वार्डियोला र लिभरपुलका योर्गन क्लोप कुशल योजनाकार हुन् । सिजनकै महत्वपूर्ण खेलमा दुवै जना आफ्नो रणनीतिमार्फत खेलमा हावी हुने प्रयासमा हुनेछन् । तर यो खेलमा दुई क्लबबीचको व्यक्तिगत भिडन्तले पनि परिणामको निर्धारण गर्नेछ ।

कस्ता छन् त लिभरपुल र सिटीबीचको खेलका तीन प्रमुख व्यक्तिगत भिडन्तहरु ?

जाओ क्यान्सेलो भर्सेस मोहम्मद सलाह

यसलाई एपिक मान्न सकिन्छ । यो सिजन जाओ क्यान्सेलो सिटीको लेफ्ट ब्याकमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । रक्षात्मक मात्र नभएर तीब्र गति लगाउदै बिपक्षीको फाइनल थर्डमा पनि उनले सशक्त भुमिका निभाउदै आइरहेका छन् । उनको मोहम्मद सलाहसँग लेफ्ट फ्ल्यांकमा हुने यो भिडन्त हेर्न लायक हुनेछ ।

इजिप्टका लागि धेरै गर्न नसकेपनि सलाह पछिल्लो दुई बर्षदेखि लिभरपुलका लागि उत्कृष्ट दिदै आइरहेका छन् । त्यसैले क्यान्सेलो आक्रमण गर्नेभन्दा सलाहलाई रोक्नेतर्फ बढी काम गर्न बाध्य हुने निश्चित छ । यसबाहेक उनलाई ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डको गतिसँग पनि जुझ्न पर्ने बाध्यता छ ।

यसबाहेक क्यान्सेलो आफ्नो क्षेत्रबाट बिपक्षीको डिफेन्स चिरेर बर्नार्डो सिल्भा र केभिन डि ब्रुनलाई मौका सृजना गर्दै सलाहलाई रक्षापंत्तिमा आउन बाध्य बनाउन सक्छन् । सलाह संक्षिप्त रुपमा गोल खडेरीबाट गुज्रिरहदा क्यान्सेलो खेलमा मानसिक रुपमा हावी हुन सक्छन् ।

केभिन डि ब्रुन भर्सेस फाबिन्हो

सिटीका लागि प्रमुख खेलहरुका संकट मोचक केभिन डि ब्रुन कि त सेन्ट्रल मिडफिल्डका तीन मध्ये एक खेलाडीको रुपमा शुरु गर्नेछन् अथवा फल्स नाइनको भुमिकामा फर्वार्ड लाइनबाट झर्दै मिडफिल्डबाट खतरा सृजना गर्ने अवसरको खोजीमा रहनेछन् । तर जताबाट शुरुवात गरेपनि उनले फाबिन्होलाई पछि पार्नु पर्नेछ ।

लिभरपुलका ब्राजिलियन मिडफिल्डर फाबिन्हो यो सिजन उत्कृष्ट लयमा छन् र मिडफिल्डमा उनलाई पछि पार्न चुनौतिपूर्ण हुनेछ । जोल माटिप र भर्जिल भान डाइक अगाडी उनले राम्रो कम्बिनेसन प्ले देखाइरहेका छन् । डि ब्रुन, फिल फोडेन र सिल्भा उनी वरिपरि नै आक्रमण बुन्दै हुनेछन् र गत साता बर्नली र एट्लेटिको म्याड्रिडबिरुद्ध गोल गर्दै फर्ममा फर्किएका डि ब्रुनलाई फाबिन्हो धेरै स्पेस दिने अवस्थामा छैनन् ।

फोडेन आफै पनि फल्स नाइनको रुपमा शुरु गर्दै भान डाइक र माटिपलाई उनीहरुको सेन्टर ब्याक स्थानबाट बाहिर निकालेर डि ब्रुनका लागि स्पेस निकाल्न सक्छन् ।

काइल वाल्कर भर्सेस एन्डी रोबर्ट्सन

आफ्नो स्थानबाट अघि बढ्दै आक्रमणमा जोड दिन माहिर यी दुई फुलब्याकबीचको भिडन्त अर्को रोचक दृथ्य हुन सक्छ । वाल्कर र रोबर्ट्सन निरन्तर राम्रो गर्दै आएका छन् भने लिभरपुल र सिटी उनीहरुलाई अगाडी बढ्ने स्वतन्त्रता दिदै उत्कृष्ट निकाल्ने प्रयासमा हुनेछन् ।

पछिल्लो केही बर्ष रोबर्ट्सन ठूला खेलमा अहम साबित हुँदै आएका कारण वाल्कर यो खेलका लागि केही पछि पर्न सक्छन् । तर आक्रमणमा उत्रदा वाल्करको गति भने सिटीको लागि सबैभन्दा ठूलो सम्पतिको रुपमा रहेको छ ।

Click to comment

Trending