Headline

हारको रिसमा रोनाल्डोले फुटाइदिए समर्थकको मोबाइल 

Published

on

एभर्टनसँगको खेलमा हार व्यहोरे पछि रिसले चुर भएका म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले समर्थकको मोबाइल फुटाइदिएका छन् । 

शनिबार राती भएको खेलमा एभर्टनको घरेलु मैदानमा १-० ले स्तब्ध हुँदा म्यानचेस्टरको च्याम्पियन्स लिग खेल्ने सपनामा पनि धक्का लागेको छ । खेलमा हारको सामना गर्दा रिसले चुर बनेका ३७ वर्षीय रोनाल्डोले रिसको झोकमा एभर्टनका समर्थकको मोबाइल फुटाइदिएका हुन् ।

खेल समाप्त भए पछि रोनाल्डोले गोडिसन पार्कको टनेलमा एक समर्थकको मोबाइल भुइँमा फ्यालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । म्यानचेस्टरले यस घटनाको बारेमा आफुले नियाली रहेको जनाए पनि थप केही खुलाएको छैन ।

प्रत्यक्षदर्शीले जनाए अनुसार एक समर्थकले रोनाल्डोको फोटो खिच्नका लागि मोबाइल अघि बढाएका थिए र रोनाल्डोले त्यो मोबाइल तानेर भुइँमा बजारि दिएको जनाएका छन् । 

एन्थोनी गोर्डनको गोल नै म्यानचेस्टरलाई हराउन काफी रह्यो । गोर्डनले २७ औँ मिनेटमा गरेको एक गोल मात्रले पनि म्यानचेस्टरको सपनामा तुसारोपात लाग्यो । म्यानचेस्टरले खेलमा एक पछि अर्को अवसर बुने पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हारको सामना गर्न पुग्यो ।

३१ खेल खेलेको म्यानचेस्टर ५१ अंक सहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ । वेस्टह्याम युनाइटेडको पनि समान ५१ अंक रहे पनि उ गोल अन्तरका आधारमा म्यानचेस्टर भने एक स्थान माथि रहेको छ । म्यानचेस्टरले १४ खेलमा जित निकाल्दा नौ खेलमा बराबरी खेलेको थियो भने आठ खेलमा हारको सामना गर्न पुगेको थियो।       

      

Click to comment

Trending