Headline

चेन्नाईको लगातार चौथो हार

Published

on

ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतकीय पारी खेल्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले आफ्नो पहिलो जित दर्ता हात पार्दा डिफेन्डिंग च्याम्पियन चेन्नाई सुपर किंग्सले फेरी अर्को हारको सामना गरेको छ । जारी सिजनमा तेश्रो खेलमा पहिलो जित दर्ता गराउने क्रममा हैदराबादले आठ विकेटको सहज जित हात पारेको हो । आजको खेलमा हारको सामना गरेको चेन्नाईको चौथों खेलमा यो लगातार चार हार हो। 

यस सिजनको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको चेन्नाई त्यस पछिका खेलमा लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्ससँग क्रमश ६ विकेट र ५४ रनले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग ६१ रनको फराकिलो हार व्यहोरेको हैदराबाद दोश्रो खेलमा लखनउसँग १२ रनको झिनो अन्तरले पराजित हुन पुग्यो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा सात विकेट गुमाएर १५४ रनको सामान्य योगफल बनायो भने हैदराबादले १७ दशमलब चार ओभर खेल्दै दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।

हैदरबादको जितमा ओपनर अभिषेक शर्माले ५० बलमा पाँच चौका र तीन छक्का सहित सर्वाधिक ७५ रन बनाए भने राहुल त्रिपाठीले अविजित ३९ रन बनाउँदा कप्तान केन विलियमसनले ३२ रनको योगदान दिए ।  

चेन्नाईको तर्फबाट मोईन अलीले ३५ बलमा सर्वाधिक ४८ रन बनाए भने अम्बाती रायुडूले २७ तथा कप्तान रविन्द्र जडेजाले २३ रनको पारी खेले । त्यस बाहेक ओपनरद्वय रोबिन उथप्पा १५, रुतुराज गायकवाड १६, शिवम दुबे र महेन्द्र सिंह धोनी समान ३-३ रन बनाएर आउट भए ।

चेन्नाईलाई सानो स्कोरमा रोक्ने क्रममा वाशिंगटसुन्दर र टि नाटराजनले समान २-२ विकेट तथा ऐडेन मार्क्रम, भुवनेश्वर कुमार र मार्को यानसनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

 

 

Click to comment

Trending