Headline

दिपेन्द्रको कीर्तिमानी पारीमा पिएनजीलाई मध्यम लक्ष्य 

Published

on

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरि र करण केसीले आक्रामक पारी खेल्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखलाको फाइनल जित्न पपुवा न्यु गिनीलाई १६९ रनको मध्यम लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

नेपालको तर्फबाट ३८ बल खेलेका दिपेन्द्रले पाँच चौकाको मद्दत अविजित ५४ रन बनाए । आजको खेलमा २१ रन जोडे पछि दिपेन्द्र नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । त्यस बाहेक आजको खेलमा पाँचौं अर्धशतक प्रहार गर्दा उनी कुशल भुर्तेल सहित नेपालको तर्फबाट ट्वान्टी ट्वान्टीमा सर्वाधिक बनाउने किर्तिमानको पनि बराबरी गरे । दुवैको ट्वान्टी ट्वान्टीमा अर्धशतक संख्या पाँच पुगेको छ ।

दिपेन्द्र बाहेक करणले पनि १२ बल खेल्दै पाँच चौका र एक छक्का सहित अविजित ३३ रनको पारी खेले । १६ ओभरमा ११४ रन हुँदा ६ विकेट गुमाएको नेपालको लागि करणले दिपेन्द्रले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर सम्म डोर्याए ।  

नेपालको लागि आसिफ शेखले २९, कुशल भुर्तेलले २५, आदिल अन्सारीले १५ रन जोडे भने रोहित कुमार पौडेल दुई रनमा आउट हुँदा आरिफ शेख र दिलिप नाथले रनको खाता खोल्न भ्याएनन् ।

पिएनजीका सेमो कमियाले सर्वाधिक तीन विकेट लिए ।   

 

 

Click to comment

Trending