Headline

पेद्रीको उत्कृष्ट गोलपछि बार्सा पहिलो पटक यो सिजन दोश्रो स्थानमा

Published

on

पेद्रीले उत्कृष्ट गोल गरेपछि बार्सिलोना सेभियालाई पराजित गर्दै स्पेनिस ला लिगाको दोश्रो स्थानमा उक्लिएको छ । जाभी हर्नान्डेज प्रशिक्षक नियुक्त भएपछि पुरानै लयमा फर्किदै आएको बार्सिलोना यो सिजन पहिलो पटक लिगको दोश्रो स्थानमा आइपुगेको हो ।

सेभियाको हारको फाइदा भने शिर्ष स्थानको रियल म्याड्रिडलाई भएको छ । सेभिया पराजित हुँदा रियलले १२ अंकको अग्रतालाई कायमै राख्न सफल भएको छ । तेश्रो स्थानमा रहेको एट्लेटिको र चौथोमा रहेको सेभियासँगै बार्साको ५७ अंक रहेको छ । बार्साले शिर्ष चार टोलीहरुमध्ये एक खेल कम खेलेको छ ।

निकै निराशाजनक प्रदर्शन गरेको सेभियाबिरुद्ध क्याम्प नोउमा बार्सिलोनाले प्रशस्त मौकाहरु गुमाएको थियो । तर १९ बर्षिय पेद्रीले उत्कृष्ट स्किल देखाउदै बक्सको ठ्याक्कै बाहिरबाट टप कर्नरमा सुन्दर गोल गर्दै बार्साको जित सुनिश्चित गरेका थिए ।

रियललाई एल क्लासिकोमा ४–० ले ध्वस्त पारेको बार्साको हर्नान्डेजको आगमनपछिको पुनरागमन सनसनीपूर्ण बन्दै गएको छ । सिजनको झण्डै मध्यतर्फ आउदै गर्दा बार्सा नवौं स्थानमा रहेको थियो ।

“हामी दोश्रोमा छौं तर अहिले सबै सक्किएको छैन । ला लिगा उपाधिको लागि गणीतीय संघर्ष सम्भवन नै छ र हामी लड्ने नै छौं,” जाभीले भने ।

यो खेल अघि पछिल्लो ९ मध्ये ७ मा बराबरी गरेको सेभियाको भने खस्कनै क्रम जारी रहेको छ । उसले १० खेलमा जम्मा दुईमा जित पारेको छ ।

Click to comment

Trending