Headline

फेरी पनि हार्यो डिफेन्डिङ च्याम्पियन चेन्नाई 

Published

on

लियाम लिविङ्गस्टोनले आक्रामक अर्धशतक बनाउनुका साथै महत्वपूर्ण दुई विकेट हात पार्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्स फेरी पनि पराजित भएको छ । यस सिजनको ११ औँ खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नाई पन्जाब किंग्ससँग ५४ रनको फराकिलो अन्तरले हार्न पुग्यो ।

तीन खेल खेलको चेन्नाईको यो लगातार तेश्रो हार हो । जारी सिजनको उद्घाटन खेलमा कोलकाता नाइटराइडर्ससँग ६ विकेटले हार्दै खराब सुरुवात गरेको चेन्नाई दोश्रो खेलमा नव प्रवेशी लखनउ सुपर जायन्ट्ससँग पनि ६ विकेटले नै पराजित भएको थियो । पन्जाबको भने तेश्रो खेलमा यो दोश्रो जित हो ।

खराब सुरुवात गरे पनि मध्यक्रमका ब्याटर लियाम लिविङ्गस्टोनले अर्धशतकीय पारी खेल्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा आठ विकेट गुमाएर १८० रनको चुनौतिपूर्ण योगफल बनायो । जबाफी ब्याटिङ गरेको चेन्नाईले १८ ओभरमा आफ्ना सबै विकेट गुमाएर १२६ रन भन्दा जोड्न सकेन । 

चेन्नाईको लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका शिवम दुबेले आक्रामक पारी खेल्दै ३० बलमा ६ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए पनि अन्य ब्याटरबाट साथ नपाउँदा जित भने दिलाउन सकेनन् । 

दुबे बाहेक चेन्नाईका पुर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनीले २३ तथा ओपनर रोबिन उथप्पाअम्बाती रायुडूले समान १३-१३ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । चेन्नाईका मोईन अली, कप्तान रविन्द्र जडेजा र ड्वेन ब्राभो रनको खाता पनि नखोली पेभेलियन फर्कँदा चेन्नाईको पहिलो अंक जोड्ने आशा निराशामा परिणत भयो ।     

पन्जाबको जितमा राहुल चाहर चार ओभरमा २५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने चार ओभरमा २१ रन तथा तीन ओभरमा २५ रन दिएर वैभव अरोरालियाम लिविङ्गस्टोन समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

कप्तान तथा ओपनर मायंक अगरवाललाई चार तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भानुका राजापाक्षे नौ रनमा आउट भए पनि अर्का ओपनर शिखर धवन र लिविङ्गस्टोनले तेश्रो विकेटका लागि ९५ रन जोड्दै पन्जाबलाई राम्रो योगफल तर्फ डोर्याए । 

२४ रन जोडेका धवन र आक्रामक पारी खेल्दै ३२ बलमा समान ५-५ चौका र छक्का सहित सर्वाधिक ६० रन जोडेका लिविङ्गस्टोन ६ रनको अन्तरालमा आउट हुँदा पन्जाबले १० दशमलब चार ओभरमा ११५ रन जोडेको थियो ।

त्यस बाहेक तल्लो क्रमका ब्याटरहरुले ठुलो स्कोर बनाउन नसक्दा पन्जाब विशाल योगफल बनाउनबाट भने चुक्यो । उसका लागि विकेट किपर जितेश शर्माले २६ तथा अविजित कागिसो रबाडा र राहुल चाहरले समान १२-१२ जोडे ।

चेन्नाईका क्रिस जोर्डन र ड्वेन प्रिटोरियसले समान २-२ विकेट हात पारे ।    

 

 

Click to comment

Trending