Headline

डिफेन्डिंग च्याम्पियनलाई हराउँदै अष्ट्रेलियाले जित्यो सातौँ पटक विश्वकपको उपाधि 

Published

on

डिफेन्डिंग च्याम्पियन इंग्ल्यान्ड माथि ७१ रनको फराकिलो जित हात पार्दै अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी महिला विश्वकपको उपाधि जितेको छ । सातौँ पटक महिला विश्वकपको उपाधि चुमेको अष्ट्रेलियाले नौ वर्षमा पहिलो पटक विश्वकपको उपाधि हात पारेको हो ।   

विकेट किपर तथा ओपनर अलिसा हिलीले शतकीय पारी खेल्दा अष्ट्रेलियाले ५० ओभरमा पाँच विकेट गुमाएर २८५ रनको विशाल योगफल बनायो । इंग्ल्यान्डको लागि नाट सिवरले अविजित रहँदै शतकीय पारी खेले पनि अन्य ब्याटर क्रिजमा टिक्न नसक्दा ४३ दशमलब चार ओभरमा आफ्ना सबै विकेट गुमाएर २८५ रन मात्र जोड्दा लगातार दोश्रो पटक विश्वकप जित्ने सपना चकनाचुर भयो ।  

अष्ट्रेलियाको लागि ओपनर हिलीले १३८ बलमा २६ चौकाको मद्दतमा सर्वाधिक १७० रनको पारी खेलिन् । उनले पहिलो विकेटको लागि ९३ बलमा ६८ रन बनाएकी रेचल हेन्ससँग १६० तथा दोश्रो विकेटका लागि ४७ बलमा ६२ रनको पारी खेलेकी बेथ मुनीसँग १५६ रनको साझेदारी गर्दै ३०० को स्कोर कटाउन मद्धत गरिन् ।   

सेमिफाइनलमा वेस्ट इन्डिज विरुद्ध पनि शतकीय पारी खेलेकी हिलीको यो एकदिवसीय विश्वकप (महिलापुरुष) को सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो भने अष्ट्रेलियाले बनाएको ३५६ रन विश्वकप फाइनलको सबैभन्दा ठुलो योगफल पनि हो । 

इंग्ल्यान्डको लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएकी सिवरले १२१ बलमा १५ चौका सहित एक छक्काको मद्दतमा अविजित `१४८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

अष्ट्रेलियालाई जित दिलाउने क्रममा अलाना किङ्ग र जेस जोनासेनले समान ३-३ तथा मेगन सुटले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

 

Click to comment

Trending