Headline

पेनाल्टीको ह्याट्रिक गर्नबाट चुके बेन्जेमा

Published

on

करिम बेन्जेमाले पेनाल्टी गोलको ह्याट्रिक गर्न चुकेपनि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई पराजित गर्दै १२ अंकको अग्रतालाई कायमै राखेको छ ।

रियलले सबै गोल पेनाल्टीमा गर्दा बेन्जेमाले ह्याट्रिक पुरा गर्नबाट चुके । सेल्टामाथि २–१ को जित हात पारेको रियलको ३० खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको सेभिया ५७ अंक छ भने तेश्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र चौथो स्थानको बार्सिलोनाको समान ५४ अंक छ । बार्सिलोनाले दुई खेल कम खेलेको छ ।

रियलको जित सन्तोषजनक नरहेपनि बुधबार चेल्सीबिरुद्धको च्याम्पियन्स लिग खेलअघि केही आत्मबिश्वास भने अवश्य बटुल्ने छ । थोमस टुचेलको चेल्सी आफै भने प्रिमियर लिगमा ब्रेन्टफोर्डसँग ४–१ ले पराजित हुँदा बिक्षिप्त छ ।

खेलमा सेल्टालाई बराबरी गर्नबाट रोक्ने क्रममा टिममा फर्किएका गोलकिपर थिबाउ कोर्ट्वाले केही महत्वपूर्ण बचाउहरु गरेका थिए । बेन्जेमाले दोश्रो पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

शनिबार नै भएका अन्य खेलहरुमा गेटाफेले मायोर्कालाई १–० र लेभान्तले भिलारियाललाई २–० ले पराजित गर्यो ।

Click to comment

Trending