Headline

कप्तानी छोड्दा कोहलीले गुमाए आफ्नो ‘ब्रान्ड भ्याल्यु’

Published

on

विराट कोहलीले कप्तानबाट राजिनामा दिए पछि ब्रान्ड भ्याल्यु गुमाएका छन् । भारतीय  टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीका टोलीको साथै आईपीएल टोली बेंगलोरका कप्तान रहेका कोहलीले कप्तान रहेका पछिल्लो ६ महिनाको अवधीमा सबैबाट कप्तानी छाड्न र गुमाउन पुगेका थिए । कप्तानी पद नरहनु नै कोहलीले ब्रान्ड भ्याल्यु गुमाउनुको मुख्य कारण रहेको छ ।     

गत वर्षको अन्त्यमा युएईमा भएको ट्वान्टी ट्वान्टी विश्वकप पछि कोहलीले ट्वान्टी ट्वान्टीबाट कप्तानी छाडेका थिए । त्यस पछि भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले दक्षिण अफ्रिका भ्रमण अघि उनलाई एकदिवसीयको कप्तानबाट पनि पदच्युत गरेको थियो । उक्त भ्रमण पछि उनले टेस्टबाट पनि कप्तानबाट राजिनामा दिएका थिए ।

अहिले जारी १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोहली रोयल च्यालेन्जर्स बेंगलोरबाट खेलिरहेका छन् । उनले ट्वान्टी ट्वान्टी विश्वकप अघि भएको आईपीएलमा पनि बेंगलोरको कप्तानी छाडेका थिए । 

विश्व क्रिकेटले पाएका एक उत्कृष्ट ब्याटर मध्यका एक कोहलीको सन् २०२० मा ब्रान्ड भ्याल्यु २३८ मिलियन डलर रहेको थियो भने सन् २०२१ मा घटेर १८६ मिलियन डलर रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५२ मिलियन डलर हो । ५२ मिलियन डलरको गिरावट आए पनि कोहली भारतीय सेलिब्रेटी मध्य सबैभन्दा धेरै ब्रान्ड भ्याल्यु भएका सेलिब्रेटी हुन् ।      

धेरै ब्रान्ड भ्याल्यु भएका शीर्ष पाँच सेलिब्रेटी मध्य १५८ दशमलब तीन मिलियन सहित रणविर सिंह दोश्रो, १३९ दशमलब ६ मिलियन सहित अक्षय कुमार तेश्रो, अलिया भट्ट ६८ दशमलब एक मिलियन सहित चौथो तथा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी ६१ दशमलब दुई मिलियन सहित पाँचौं स्थानमा रहेका छन् ।

मास्टर ब्लास्टर सचिन तेन्दुलकर ४७ दशमलब चार मिलियन सहित धेरै भ्याल्यु भएका सेलिब्रेटीको ११ स्थानमा छन् भने भारतीय टोलीका कप्तान रोहित शर्मा ३२ दशमलब दुई मिलियन सहित १३ स्थानमा रहेका छन् । 

 

Click to comment

Trending