Headline

पहिलो पटक आईपीएल खेलेको गुजरातको लगातार दोश्रो जित 

Published

on

यसै सिजनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेको गुजरात टाइटान्सले लगातार दोश्रो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा अर्को नव प्रवेशी लखनउ सुपर जायन्ट्स विरुद्ध पाँच विकेटको रोमान्चक जित निकालेको गुजरातले दोश्रो खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभर खेल्दै ६ विकेट गुमाएर १७१ रन बनायो भने दिल्लीलाई २० ओभरमा नौ विकेटको नोक्सानीमा १५७ रनमा रोक्यो ।

गुजरातको जितमा ब्याटिङमा खेलको प्लेयर अफ द म्याच घोषित ओपनर शुबमन गिलले आक्रामक पारी खेल्दै ४६ बलमा सर्वाधिक ८४ रन बनाए भने लोकी फर्गुसनले सर्वाधिक चार विकेट हात पारे । गिलले ६ चौका र चार छक्का प्रहार गरे भने फर्गुसनले चार ओभरमा २८ रन खर्चिए ।   

गुजरातको ब्याटिङमा गिल बाहेक कप्तान हार्दिक पान्ड्याले ३१, डेविड मिलरले २०, राहुल टेवाटियाले १४ तथा विजय शंकरले १३ रनको पारी खेले भने ओपनर तथा विकेट किपर म्याथ्यु वेड र अभिनव मनोहरले १-१ रन भन्दा जोड्न सकेनन् ।

दिल्लीका मुस्तफिजुर रहमानले किफायती बलिङ गर्दै चार ओभरमा २३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने खलिल अहमदले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रन जोड्दा ललित यादवले २५, रोवमन पावेलले २०, मन्दिप सिंहले १८, कुलदिप यादवले अविजित १४ तथा पृथ्वी शले १० रन भन्दा जोड्न नसक्दा दिल्लीले हारको सामना गर्न पर्यो ।

गुजरातको जितमा बलिङमा फर्गुसन बाहेक मोहम्मद शामीले दुई तथा हार्दिक पान्ड्यारशिद खानले समान १-१ विकेट लिए । 

Click to comment

Trending