Headline

बटलरको शतकमा राजस्थान अंक तालिकाको शीर्ष स्थानमा, मुम्बईको लगातार दोश्रो हार 

Published

on

जस बटलरको शतकको मद्धतमा राजत्स्थान रोयल्स १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को शिर्ष स्थानमा उक्लिएको छ । 

मुम्बई इन्डियन्स विरुद्धको खेलमा २३ रनको जित दर्ता गराउँदै राजस्थानले लगातार दुई जित हात पार्दा अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । मुम्बईको भने यो लगातार दोश्रो हार हो ।

बटलरले शतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभर खेल्दै आठ विकेट गुमाएर १९३ रनको विशाल योगफल खडा गर्यो भने मुम्बईले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १७० रन भन्दा जोड्न सकेन ।

जस्प्रित बुम्राको बलमा बोल्ड भएका ओपनर बटलरले ६८ बल खेल्दै ११ चौका र पाँच छक्का सहित सर्वाधिक १०० रन बनाए । अर्का ओपनर यशस्वी जैसवाल एक तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका देवदत्त पड्डीकल सात रनमा आउट हुँदा बटलरले कप्तान सन्जु सामसनसँग तेश्रो विकेटका लागि ८२ तथा शिम्रोन हेटमायरसँग चौथों विकेटका लागि ५३ रन जोड्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए ।

कप्तान सामसनले २१ बलमा ३० तथा आक्रामक पारी खेलेका हेटमायरले १४ बलमा समान ३-३ चौका र छक्का सहित ३५ रनको योगदान दिए । त्यस बाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुम्बईका जस्प्रित बुम्राले चार ओभरमा १७ रन दिएर तथा टीमल मिल्सले चार ओभरमा नै ३५ रन खर्चिएर समान ३-३ विकेट हात पारे ।

तिलक वर्माले ३३ बलमा सर्वाधिक ६१ तथा इशान किशानले ५४ रन बाहेक अन्य ब्याटरले उलेख्य योगदान दिन नसक्दा मुम्बई अंक तालिकामा अंकको खाता खोल्न असमर्थ रह्यो ।

राजस्थानका नवदीप  सैनीयुज्वेन्द्र चाहलले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।       


 

Click to comment

Trending