Headline

दिपेन्द्रको किर्तिमानी शतकमा नेपाल कीर्तिमानी योगफल  

Published

on

मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले किर्तिमानी शतक प्रहार गर्दा घरेलु टोली नेपालले त्रिकोणात्मक शृंखला अन्तर्गत समुह चरणको अन्तिम खेलमा मलेसिया विरुद्ध कीर्तिमानी योगफल बनाएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर २२३ रन बनायो । यो नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा तेश्रो ठुलो योगफल हो ।

नेपालको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले अविजित रहँदै ५७ बलमा १० चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए । दिपेन्द्रको यो नेपालको तर्फबाट सर्वाधिक स्कोर हो । यस अघि नेपालको तर्फबाट पूर्व कप्तान ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध १०७ रन प्रहार गरेका थिए ।

दिपेन्द्रको एक हप्ताको अन्तरालमा यो दोश्रो शतक हो । यस अघि उनले पपुवा न्यु गिनी विरुद्धको एकदिवसीय शृंखलामा शतक प्रहार गरेका थिए । आजको शतक पछि दिपेन्द्र पुर्व कप्तान पारस खड्का पछि नेपालको तर्फबाट एकदिवसीय र ट्वान्टी ट्वान्टीमा शतक प्रहार गरे दोश्रो खेलाडी बनेका छन् । पारसले युएई विरुद्ध एकदिवसीय र सिंगापुर विरुद्ध ट्वान्टी ट्वान्टीमा आफ्नो शतक पुरा गरेका थिए । 

नेपालको तर्फबाट दिपेन्द्र बाहेक रोहित कुमार पौडेलले ३४ बलमा ५१, आसिफ शेखले १८, कुशल भुर्तेललेल १२ रन बनाएर आउट भए भने आदिल अन्सारीले १४ रनको पारी खेले ।

Click to comment

Trending